महेश नेपाली
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जुम्लालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभन्दा ठूलो उपहार दिने बताएका छन्। तर उपहार के हुने त्यो भने खुलाएका छैनन्। केहि महिनामै सबै जनताले थाहा पाउने उनले बताए।
बुधबार बिहान जुम्लाको रत्नचूडेश्वर माविले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘केही महिनाभित्र जुम्ली जनतालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्दा ठूलो उपहार दिनेछु,’ उनले भने,‘यो मैले संकेत मात्र गरेको हुँ। एकै पटक छर्लङ्ग हुनेछ।’
कर्णालीको विकासका लागि जस्तो सुकै मूल्य चुकाउन पनि तयार रहेको बताए।
उनले भने,‘उक्त उपहारले जुम्ली जनताको लाइफ चेन्ज गर्नेछ।’
दोस्रो पटक संसद निर्वाचित भइसकेपछि जनाताले आफूलाई बारम्बार पहिलोपटक जस्तो ठूलो उपलब्धि के गर्नुभयो भनेर सोधिरहेको हुनाले योपल्ट त्योभन्दा ठूलो उपहार दिन लागेको उनले बताए।
उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पहलकर्ता हुन। पहिलो पटक संविधान सभामा निर्वाचित भएपछि उनले व्यक्तिगत रुपमा दर्ता गराएको विधेयक संसदबाट पारित भइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको बाटो खुलेको थियो।
नेपालको संसदीय इतिहासमा व्यक्तिगत रुपमा दर्ता गरेको विधेयक दोस्रोपटक पारित भएपछि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको ऐन बनेको थियो।
उक्त कार्यक्रममा आफू मन्त्री भएपछि जुम्लाका प्रायःजसो गाउँमा विकास निर्माणका आयोजनाहरुमा सरकारले लगानी गरेको उनले बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया