पुरानो लयमा फर्कंदै चलचित्रकर्मी

कमल प्रभात

काठमाडाै‌ं
Breaknlinks
सांकेतिक तस्बिर

फिल्मकर्मीहरु पुरानै व्यस्त जीवनमा फर्कदै छन्। 

कोरोनाको जोखिम कम भएसँगै चलायमान बन्दै गएको नेपाली फिल्म उद्योगका गतिविधिहरु बढिरहेको छ। 

सरकारले फिल्म छायाकंन र प्रर्दशनमा अनुमति दिएसँगै अहिले धेरै फिल्महरु निर्माणको तयारीमा जुटेका छन्। कोरोनाको कारण लामो समय बन्द कोठामा थुनिएका फिल्मकर्मी यतिवेला पुनः काममा फर्किएका हुन्। 

अभिनेता आर्यन सिग्देल, अभिनेत्री उपासना सिंह ठकुरी फिल्म ‘डिसेम्बर फल्स्’ को छायाकंनको क्रममा पोखरामा व्यस्त छन्। 

फिल्मको छायाकंन माघ ४ गतेबाट पोखरामा सुरु भएको हो। फिल्मका केही दृष्य अष्टेलियामा छायाकंन हुनेछ। फिल्म आउँदो वर्षको साउन १ गतेबाट रिलिज हुनेछ। 

त्यस्तै नायक राजेश हमालको अभिनयमा निर्माण हुन लागेको फिल्म ‘सत्यम्’ को घोषण भएको छ। निर्देशक शंकर कार्कीको निर्देशनमा निर्माण हुन लागेको फिल्म केही सातापछि छायांकनमा जाने बताइएको छ। यो फिल्मबाट राजेश हमालले ४ वर्षपछि ठूलो पर्दामा कमब्यक हुँदैछन्। 

अभिनेता मुकुन भुसाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिकामा निर्माण हुन लागेको फिल्म ‘गणपति’ को छायाकंन सुरु भएको छ। फिल्मको माघ ८ बाट तनहुँको बन्दीपरबाट छायाकंन सुरु भएको छ। फिल्म सविन अधिकारीको निर्देशन निर्माण हुने छ। 

त्यस्तै दीपक श्रेष्ठका निर्देशन रहने फिल्म ‘घिन्ताङ’ मा एलिजा गौतम र गौरव पहारीले माघ ८ गते साइन गरे। फिल्म छिट्टै छायाकंनमा जाने निर्माण पक्षले बताएको छ।

दिनेश राउतको निर्देशन रहने फिल्म ‘प्रकाश’ फिल्मको लागि मुख्य कलाकार छनोट सकिएको छ। फिल्ममा प्रदिप खड्का र रेणु योगी जोडिलाई फिल्ममा देख्न पाइने छ। फिल्म फागुन दास्रो साताबाट फ्लोरमा जाने छ। यसको छायाकंन जुम्लामा हुनेछ। 

अहिले काठमाडौंका विभिन्न ठाउँमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काको मुख्य भुमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’को छायाकंन चलिरहेको छ। फिल्मको करिब ६० प्रतिशत छायाकंन सकिएको छ। 

अभिनेता आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाहिलगायतको अभिनय रहेको फिल्म ‘हिड्दा हिड्दै’ यतिबेला काठमाडौंमा धमाधम चलिरहेको छ। 

यता नायिका ऋचा शर्माले निर्माण तथा अभिनय रहेको फिल्म ‘कौसिद’ को छायाकंन पनि धमाधम चलिरहेको छ।
 
कोरोनाको जोखिम कम हुँदै गएसँगै छायाकंन सुरु भएको ‘परदेशी २’ को छायाकंन अन्तिम चरणमा पुगेको छ।

उक्त फिल्म कोरोनाको करणले रोकिएको थियो। नारायण रायमाझी लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यो फिल्मबाट गायक प्रकाश सुपुतले डेव्यु गर्दै छन। उनीसँगै दिलिप रायमाझी र वर्षा सिवाकोटी प्रमुख भूमिका रहेको छ। यो फिल्म आउँदो वर्षको दसैंमा प्रर्दशन गर्ने बताइएको छ। 

फिल्म ‘आइएम ट्वान्टी वान’ को छायाकंन अन्तिम चरणमा पुगेको छ। कार्तिक १ बाट छायाकंन सुरु भएको फिल्म काठमाडौं र धरानमा गरिएको छ। नृत्यको कथामा निर्माण हुन लागेका फिल्ममा जसिता गुरुङ र धिरज मगरको मुख्य भूमिका रहेको छ। 

यसबेला आधा दर्जन फिल्म निमार्णको क्रममा छन। त्यतिकै संख्यामा फिल्म निर्माणको तयारीमा जुटेका छन्। यस हिसाबले कोरोनाको जोखिम कम हुँदै गएसँगै फिल्म निर्माणका गतिविधि धमाधम चलिरहेका छन्। 

सिनेमा हलमा भने दर्शकको अभावले शून्यता छाएको छ। पुष १० बाट हलको ताला खोलेका हल व्यवसायीले पुरानै फिल्म रिलिज गरे। 

पुराना फिल्म हेर्न दर्शक हलमा आएनन्। माघ १ बाट अभिनेता शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो। 

नयाँ फिल्म रिलिज भएपछि दर्शक हलमा आउला भन्ने फिल्मकर्मीको सोच विपरीत भयो। दर्शक हल सम्म आएनन, फिल्म फ्लप भयो। फिल्मले विज्ञापनको समेत खर्च उठाउन सकेन।

अहिलेसम्म यो वर्ष ३ वटा फिल्मले रिलिजको लागि मिति तय भएको छ। ‘लप्पन छप्पन २’ फागुन अन्तिम हप्ताबाट रिलिज हुने तयारीमा छ। त्यस्तै ‘मनसँग मन’ आगामी चैत २७ गते रिलिज हुने बताइएको छ। 


 

प्रकाशित मिति: : 2021-01-26 18:14:00

प्रतिकृया दिनुहोस्