
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो सरकार ढाल्नेमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको बताएका छन्।
ट्रेड युनियन महासंघ (जिफन्ट) ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले २०७२ सालमा आफ्नो सरकार माधव नेपालसहितका नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उकासेर ढालेको आरोप लगाएका हुन्।
ओलीले साविक एमालेका नेताहरूकै कारण सरकार ढलेको आरोप लगाए। नागरिक समाजको नाममा पनि प्रचण्ड समूहका नेता–कार्यकर्ताले जुलुश निकालिरहेको बताउँदै उनले भने, 'तीन महिनापछि प्रचण्ड, माधव नेपालसहितका नेताहरू नागरिक समाजमा रूपान्तरण हुनेछन्।' उनले प्रचण्ड–नेपालसँग पार्टी चलाउने दम र खुबी दुवै नरहेको पनि बताए।
अहिले आफ्नो समूहको जस्तो अनुशासित, मर्यादित पार्टी अर्को नरहेको दाबी गर्दै उनले भने, 'पार्टी, आन्दोलनलाई दुःख दिइरहने पिलो निचोरिएर गएका छन्। पार्टी निर्वाध चल्न थालेको छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया