
लक्ष्मण पौड्याल
यो समाजलाई तिम्रो खाँचो छ
तिमी यसरी षुसुप्त भएर हुँदैन
तिम्रा विचारहरू मात्र भौतिकवादमा
सिमित भएर हुँदैन
तिमीले आफू भित्रको दिव्य किरणलाई
अवलम्बन गर्दै
यो पतन भएको समाजलाई
उत्थानको पथ देखाउँदै
भविष्यमा दौड्याउनु पर्नेछ
तिमी एक विशाल द्रुम हौ
तिमी एक विशाल सागर हौ
तिम्रो अगाडि
चट्टान पनि पराजित हुने छ
तिम्रो अगाडि व्रज पनि पराजित हुने छ
तिमी आफू भित्रको चेतनालाई
स्पष्टरूपमा देखाऊ
अनि मात्र यो समाज बन्ने छ
पूर्खाहरूले तिमीलाई सुम्पि दिएका छन्
संरक्षण र निरिक्षणको अभिभार
र देखाएका पनि छन्
ती तराई पहाड
जहाँ विजयको झन्टा फर्फराएर
इतिहासमा आफ्नो नामलाई अमर बनाएका
ती बाजेहरूलाई
सम्झिदै
तिमी जाग्रत बन्नु पर्छ
इतिहासमा आफ्नो नाम कोर्नु पर्छ
एउटा वीर गोर्खा बनेर
एउटा वीर नेपाली बनेर
एउटा वीर धर्म सेवक बनेर
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया