बिहिबार, २८ अगस्ट २०२५

बलात्कारको आरोपमा एक पक्राउ

News Image
सांकेतिक तस्बिर
• • •

जबर्जस्ती करणी प्रयासका फरार एक आरोपी आज पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरीको रूपनी गाउँपालिका–३ मलाहाटोलका २६ वर्षीय नरेश मुखिया मलाहा रहेका छन्। 

गत कात्तिक ६ गते राति शौचालय गएको क्रममा नरेशले बलात्कार गर्ने प्रयास गरेको भन्दै एक महिलाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहका अनुसार पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी कात्तिक २७ गते नै दर्ता भए पनि आरोपी फरार रहेकाले जारी खोजतलासका क्रममा आज पक्राउ गरेको हो। 

शनिबार, माघ १७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)