सरकारले बलमिच्याइँ गरेर संवैधानिक निकायमा नियुक्ति गरेकाले सडकमा आउनुपर्‍यो: प्रचण्ड

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले फागुनको पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन्।

सातदोबाटोमा बन्दकर्तासँगै निस्किएका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले बलमिच्याई गरेर संवैधानिक निकायमा नियुक्ति गरेकाले सडकमा आउनु परेको जनाए। 

'प्रधानमन्त्रीको प्रतिगमनविरुद्द फागुनको पहिलो साताबाट संयुक्त आन्दोलन हुन सक्छ,' प्रचण्डले भने। संवैधानिक निकायमा भएको नियुक्तिको विरोध गर्दै आमहड्ताल गरेको उनले बताए।

बन्दकर्तासँगै आमहड्ताल गर्न पुलचोक पुगे प्रचण्ड

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ बिहान आमहड्ताल सफल पार्न सडकमा उत्रिएका छन्।

उनी कोटेश्वर हुँदै पुलचोकसम्म पुगेका छन्। यसको पुष्टी नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले समेत गरेका छन्।कोटेश्वरमा आक्रामक  नारा लगाउँदै प्रदर्शनकारीलाई उत्साह थपेका प्रचण्ड अहिले पुलचोक पुगेर धर्ना बसेका छन्। 

प्रदर्शनमा प्रचण्डले पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाउँदै हिँडेको नेकपा नेताहरुले बताए। प्रचण्ड–नेपाल समूहले असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आज आम हड्ताल गरेका छन्।

काेराेनाका कारण विगत एक वर्षदेखि आर्थिक समस्या भाेगिरहेका सर्वसाधारण जनता भने प्रचण्ड–नेपालकाे आम हडतालप्रति खुसी छैनन्। बिहानदेखि मानिसहरु काममा जान पैदल यात्रामा देखिएका थिए। 

ओलीविरुद्ध नारा लगाउँदै आमहड्ताल गर्न सडकमा निस्किए प्रचण्ड

प्रचण्ड आमहड्ताल गर्न सडकमा आएका छन्। प्रदर्शनमा बन्दकर्तासँगै अध्यक्ष प्रचण्ड पनि निस्किएका हुन्। सडकमा आक्रामक  नारा लगाउँदै केहीबेर प्रदर्शनकारीलाई प्रचण्डले उत्साह थपेर निस्केका थिए। प्रदर्शनमा प्रचण्डले पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाउँदै हिडेकाे नेकपा नेताहरुले बताएका छन्। 

प्रचण्ड-नेपाल समूहले असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।

प्रकाशित मिति: : 2021-02-04 10:27:00

प्रतिकृया दिनुहोस्

    Bekar ka saran nabhaka manis Hary!

    • 3 बर्ष अगाडि
    • Shyam