बिएल संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले नेकपा प्रचण्ड समूहकी युवा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरेको थियो।
समर्थकको चर्को दबाबपछि नेत्री झाँक्रीलाई प्रहरीले करिव ५ घण्टापछि रिहा गर्यो।
झाँक्री पक्राउको विरोधमा समर्थक नेता–कार्यकर्ताहरू देशैभर आन्दोलन गरे।
यसै सन्दर्भमा बिएल नेपाली सेवासँग अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा नेकपा (प्रचण्ड) युवा नेता, लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपानेले बुधबारको जनप्रदर्शन ओली सरकार अत्तालिएर नेत्री झाँक्रीलाई प्रक्राउ गरेको दाबी गरे।
कुराकानीका क्रममा नेता न्यौपानेले भने –
'नेकपा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले लोकतन्त्रमाथि हमला गर्दै आफ्नो निरंकुश चरित्र प्रदर्शन गरेर सरकार फाँसीवादको बाटोमा अघि बढेको अनुभुत गरेको छु।'
'लोकतन्त्रमा नागरिकलाई बोल्ने, नेताले गरेको कामको मूल्याङ्कन गर्ने, आलोचना गर्ने अधिकार हुन्छ। सरकारको आलोचना र राष्ट्रपतिले गरेको कामको आधारमा सरकार र प्रधानमन्त्रीको ठाडो आदेशमा नेत्री झाँक्रीलाई प्रहरीले पक्राउ गर्नु निरंकुशताको बाटो बाहेक अरु केहि होइन्।'
'सरकार गैरसंवैधानिक बाटोमा हिडेको छ। यदि काम गर्ने नै हो, भने निर्मला पन्त, भागरथी भट्टलगायतका बलात्कारीको पहिचार गरी कारबाही गर्नुपर्ने हो।'
'ओली सरकार नेकपाले गरेको विरोध सभाको जनप्रर्दशन देखेर आत्तिएको उनले बताएका छन्।'
'थुप्रै योद्धाको बालिदान, त्याग र तपस्याबाट लोकतन्त्र, समावेशीता, धर्मनिरपेक्षता प्राप्त भएको हो। यसमाथी सरकारले हमला गरेको छ।'
'त्यसको विरोधमा हामी आन्दोलनमा छौं, सरकारले निरंकुशको गतिविधि गछौं, भन्ने नसोचे हुन्छ।'
'हिजो ज्ञानेन्द्र शाहले त्यो भन्दा ठूलो सोच्थे। तर, उनी नागार्जुनमा गएर थन्किनु परेको छ। यो ढंगले सोच्ने हो भने प्रधानमन्त्री केपी ओली पनि बालुवाटार र सिंहदरबार छाड्नु पर्ने छ।'
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया