बुधबार, १३ अगस्ट २०२५

ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला : प्रधानमन्त्री ओली

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका छन्।

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार प्रभावकारी रुपमा अगाडि बढेको हुनाले आफूमाथि सम्पूर्ण रुपमा प्रहार भएको बताएका हुन्।

ओलीले भने, ‘तपाईंहरु अनौठो नमान्नु होला। यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला। तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ।’

प्रधानमन्त्री ओलीले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन कार्यकर्तालाई आग्रह गरे।

उनले, ‘म नरहेपनि केही छैन। आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन। देशको भविष्य अन्धकारमा जान दिन हुँदैन। देश बनाउने पार्टीको भविष्य अन्धकारमा जान दिन हुँदैन। यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन।’



राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्री ओलीको आह्वान

सोमबार, फाल्गुण १७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!