बिएल संवाददाता
पूर्वोत्तर भारतमा बसोबास गर्ने आदिवासीहरू पहिचान र संस्कृतिका हिसाबले सबैभन्दा अलग मानिन्छ। अरुणाचल प्रदेशको आपटाणी समुदायका महिलाको रूप बेग्लै देखिन्छ। उनीहरू सुन्दर होइन, कुरूप देखिन चाहन्छन्।

संसारकै प्रायः महिला आफूलाई सुन्दर देखाउन प्रयत्नशील हुन्छन् तर पूर्वोत्तर भारतका महिला भने सुन्दरता लुकाउने प्रयास गर्छन्। उनीहरूका नाक ठूलो प्वाल हुने गरी छेडिएको हुन्छ। उक्त प्वालमा गहनाजस्तो गरी काठका ठुन्का हालिएका देखिन्छन्।

अरुणाचल प्रदेशको हिमाली जिल्लामा बसोबास गर्ने अपातानी समुदायका महिला इतिहासको कुनै कालखण्डमा सुन्दर भएकै कारण अन्य समुदायका मानिसबाट अपहरणमा पर्थे भन्ने विश्वास छ। त्यसैले अपहरणबाट जोगिन कसैका पनि आँखा नलागुन भनेर नाक छेडी काठ लगाउन थालिएको आपटाणी समुदायकी वृद्धा महिलाले बताइन्।

अपातानी समुदायले आफ्नो परम्पराका रूपमा यस प्रकारको चलन अँगालिरहेको छ। जसका कारण परम्परा अपनाउने महिलालाई स्थानीयले सम्मानसमेत गर्नेगरेका छन्।

अरुणाचल प्रदेशको हिमाली जिल्लामा बसोबास गर्ने अपटाणी समुदायका महिलाका अनौठा संस्कृतिहरू छन्। प्राय:जसो पछिल्लो पुस्ताले भने नाकमा ठूलो प्वालसहित काठका झुम्का लगाउँदैनन्। यो परम्परा अब पाका पुस्ता माझ मात्रै देखिन्छ।

हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया