बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूहका नेताहरु घनश्याम भुसाल र शङ्कर पोखरेलले पहल थालेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पाेखरेल र पुस ५ गते मात्र ओली सरकारको मन्त्री छाडेका भुसालले एकता जाेगाउने उपायबारे सिंहदरबारमा करिब एक घण्टा छलफल गरेका हुन् ।
स्रोतका अनुसार, भुसालले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराउने अनि उनको समेत सहमतिमा नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्रीको खोजी गर्ने उपाय अघि सारेका थिए । भुसालले पार्टी एकता जोगाउने पहललाई अभियानका रुपमा मिलेर अघि बढाउन पोखरेललाई प्रस्ताव गरेका थिए ।
पोखरेलले भुसालको भनाइमा सहमति जनाउँदै सबै मुख्य नेताबाहेक सबै सांसद्को भावना यस्तै रहेको बताएका थिए । भुसाल र पोखरेल दुवै नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गरी पार्टीलाई एकताबद्ध गर्नुपर्ने समान धारणा राख्छन् ।
भुसालको प्रस्तावलाई सुनेका पाेखरेलले त्यसपछि संसदीय दलका उपनेता सुवास नेम्वाङसँग संसदीय दलमा गएर छलफल गरेका थिए। भुसाल भने आफूनिकट प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेपछि पाेखरेलसँग छलफल गर्न गएका थिए ।
प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता गर्न छलफल थालेपछि नेकपाका दाेस्रो पुस्ताका प्रभावशाली दुई नेताहरुको छलफल अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीविरुद्ध कांग्रेसले अविश्वास दर्ता गरेपछि नेकपा पुन: एकीकृत भएमा कांग्रेस अप्ठेरोमा पर्ने भन्दै कांग्रेसले सत्ताको पहल नै गरेको छैन ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया