बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूहका नेताहरु घनश्याम भुसाल र शङ्कर पोखरेलले पहल थालेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पाेखरेल र पुस ५ गते मात्र ओली सरकारको मन्त्री छाडेका भुसालले एकता जाेगाउने उपायबारे सिंहदरबारमा करिब एक घण्टा छलफल गरेका हुन् ।
स्रोतका अनुसार, भुसालले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराउने अनि उनको समेत सहमतिमा नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्रीको खोजी गर्ने उपाय अघि सारेका थिए । भुसालले पार्टी एकता जोगाउने पहललाई अभियानका रुपमा मिलेर अघि बढाउन पोखरेललाई प्रस्ताव गरेका थिए ।
पोखरेलले भुसालको भनाइमा सहमति जनाउँदै सबै मुख्य नेताबाहेक सबै सांसद्को भावना यस्तै रहेको बताएका थिए । भुसाल र पोखरेल दुवै नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गरी पार्टीलाई एकताबद्ध गर्नुपर्ने समान धारणा राख्छन् ।
भुसालको प्रस्तावलाई सुनेका पाेखरेलले त्यसपछि संसदीय दलका उपनेता सुवास नेम्वाङसँग संसदीय दलमा गएर छलफल गरेका थिए। भुसाल भने आफूनिकट प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेपछि पाेखरेलसँग छलफल गर्न गएका थिए ।
प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता गर्न छलफल थालेपछि नेकपाका दाेस्रो पुस्ताका प्रभावशाली दुई नेताहरुको छलफल अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीविरुद्ध कांग्रेसले अविश्वास दर्ता गरेपछि नेकपा पुन: एकीकृत भएमा कांग्रेस अप्ठेरोमा पर्ने भन्दै कांग्रेसले सत्ताको पहल नै गरेको छैन ।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया