वासिङ्टन डीसीस्थित नेपाली दूताबासमा कोरोना संक्रमण, कन्सुलर सेवा नै बन्द 

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको वासिङ्टन डीसीस्थित नेपाली दूतावासले नियमित कन्सुलर सेवा नै बन्द गरिदिएको छ। दूताबासमा कार्यरत् केही कर्मचारीमा कोरोना संक्रमणको आशंका देखिएको भन्दै कन्सुलर सेवा बन्द गरिएको जनाइएको छ।

मार्च ९ मा जारी दुतावासका तर्फबाट जारी विज्ञप्तीमा मार्च १२ सम्म कन्सुलर सेवा बन्द गरिएको जनाइएको छ। तर, मार्च १३ र १४ शनिबार र आइतबार परेकाले थप दुई दिन पनि स्वत: सेवा बन्द हुने भएको छ। 

वासिङ्टन डीसीस्थित नेपाली दूताबासको  कन्सुलर सेवा  बन्द  गरिएको छ। दूताबासमा कार्यरत केहीकर्मचारीमा कोरोना संक्रमणको आशंका देखिएको भन्दै मार्च १२ सम्म कन्सुलर सेवा बन्द गरिएको जनाइएको छ। 

अहिलेलाई मार्चा १२ सम्म भनिए पनि प्रेस विज्ञप्तीमै सेवा सुचारू हुने अनिश्चित भएको पनि जनाइएको छ। नियमित सेवा कहिलेवाट सुचारु हुने भन्ने कुरा उल्लेख नगरिएको विज्ञप्तिमामा ‘नियमित सेवा सुचारु हुने सम्बन्धी सूचनाको लागि दूतावासको वेबसाइट हेर्दै गर्नुहोला’ भनिएको छ। 

विज्ञप्तिमा आपतकालीन अवस्थामा इमेलबाट सम्पर्क गरी समय लिएर मात्र दूतावासमा जान सम्बन्धित सबैमा अनुरोध गरिएको पनि जनाइएको छ।

दूताबासमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमणको आशंका गरिएको बताइए पनि संक्रमण आशंका गरिएका कर्मचारीको नाम भने उल्लेख गरिएको छैन।

प्रकाशित मिति: : 2021-03-11 00:39:00

प्रतिकृया दिनुहोस्