बिहिबार, २८ अगस्ट २०२५

कोरोनाका कारण नेपाल आउन सकेनन् अन्तर्राष्ट्रिय रेस्लर

News Image
• • •

विश्वव्यापी रूपमा फैलिदै गरेको कोरोना महामारीका कारण नेपालमा आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा विदेशी खेलाडी नआउने भएका छन्।

नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमणको प्रभाव बढ्दै गइरहेको छ।

आयोजक नेपाल महिला रेस्लिङ संघकी कोषाध्यक्ष अस्मिता जुरेलीले बिएल नेपाली सेवालाई जानकारी दिँदै भनिन्, ‘पहिले अमेरिका, अस्ट्रेलिया, जापान, पाकिस्तानलगायतका देशबाट रेस्लर आउने भएका थिए। तर, कोरोनाले गर्दा उनीहरू आउन नपाउने भएका छन्।’

भारतीय रेस्लर भने नेपाल आइसकेको उनको भनाई छ। ‘भारतीय रेस्लर आइसक्नु भयो,’ उनले भनिन्।

शनिबार बैशाख ४ गते शान्तिनगरस्थित महिला रेस्लिङ फाउन्डेसनको कार्यालयस्थित रिङमा प्रतियोगिता आयोजना हुँदैछ।

शुक्रबार, बैशाख ०३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)