आइतबार, २१ सेप्टेम्बर २०२५

बोल्ने तस्बिर

News Image
• • •

कोरोना भाइरसको दोस्रो लहर रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै घर फर्किने गाडी नपाएका सर्वसाधारण बिहीबार पनि सडकमै अलपत्र परेका छन्। निषेधाज्ञाअघि घर फर्किन दुई दिन समय दिइए पनि उपलब्ध सवारीसाधनले यात्रुको चाप थेग्न नसक्दा सर्वसाधारण सडकमै बिचल्लीमा परेका हुन्। 

निषेधाज्ञाको पहिलो दिन बिहीबार ट्रक र केही सवारीसाधन गुडिरहेकाले झुन्डिएरै भए पनि घर फर्किन पाउने आशामा सयौँ सर्वसाधारण कलंकीमा पानीमा भिज्दै बसिरहेका देखिन्थे। काठमाडौंबाहिर सवारी चल्ने र घर फर्किन लागेकाका लागि नाकामा केही खुकुलो गरिएकाले पछिल्लो लकडाउनजस्तो हिँडैरै उपत्यका छाड्नुपर्ने अवस्था छैन। यद्यपि काठमाडौंबाट बाहिरिने सवारीले यात्रुको चाप थेग्न नसक्दा अधिकांश सर्वसाधारण बस, ट्रकमा कोचिएर यात्रा गर्न बाध्य छन्। 

 

शुक्रबार, बैशाख १७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)