सिलिन्डरको अधिक माग

गोरखापत्र

काठमाडौं

कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा यतिबेला सङ्क्रमितका लागि अक्सिजनको प्रयोग भने असामान्य रूपमा बढेको छ। सामान्य दिनमा एउटा अस्पतालबाट दैनिक औसत डेढ दर्जन अक्सिजन सिलिन्डरको माग हुने गरेकोमा अहिले दुई सयवटासम्म सिलिन्डरको माग आउन थालेको अक्सिजन उत्पादकहरू बताउँछन्।
यस्तो परिस्थितिमा नेपालमा उपलब्ध प्रायः सबै सिलिन्डर प्रयोगमा आइसकेकाले थप सिलिन्डर ल्याउन ‘एयर लिफ्ट’ गर्नुपर्ने उत्पादकहरूको भनाइ छ। अक्सिजन उत्पादनमा नेपाल आत्मनिर्भर रहे पनि त्यसलाई भर्न आवश्यक सिलिन्डर भने अब अभाव हुन थालेको अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमिल्सिनाले बताउनुभयो। अक्सिजनभन्दा पनि सिलिन्डरको अभावले भविष्यमा मागअनुसारको आपूर्तिमा समस्या पर्ने भएकाले यसमा सरकारले सहजीकरण गरिदिनुपर्ने उहाँको भनाइ छ।

प्रकाशित मिति: : 2021-04-30 08:01:00

प्रतिकृया दिनुहोस्