बिहिबार, १४ अगस्ट २०२५

सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

दाङ, मोरङ, बाँके, बाजुरा, चितवन र धनुषाका विभिन्न स्थानमा भएका सावरी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ।

दाङ, घोराही उपमहानगरपालिका-६ चैनपुर नजिक रा.१ ख ४६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने हिरा महराकी छोरी ५ वर्षीया सीमा महराको बिहीबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी मोरङकाे बेलबारी नगरपालिका-८ चिस्याङ खोलास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-९ बस्ने ८३ वर्षीया मनमाया तामाङको बिहीबार साँझ मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै मोरङ, लेटाङ नगरपालिका-८ स्थित सडकमा को.१ ख १९२४ नम्बरको बसबाट झर्ने क्रममा सोही बसले किच्दा बसमा सवार मिक्लाजुङ गाउँपालिका-५ जोगीटार बस्ने ५१ वर्षीय सहबिर मगरको बिहीबार दिउँसो मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी बाँकेकाे राप्तिसोनारी गाउँपालिका-९ ढकेरी सिमलचोकस्थित सडकमा भे.१ त ७९९१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २७ वर्षीय दिपक पुनको घटनास्थलमै मृत्यु भएको छ।

बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिका-३ भण्डारी वाडास्थित सडकमा अनटेष्ट लेखिएको ट्याक्टरको ट्रलीमा चड्ने क्रममा लडेर सोही गाउँपालिका जुकोट बस्ने अंगे कडराको छोरा ९ वर्षीय जगत कडराको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनकाे भरतपुर महानगरपालिका-४  पिपल चोकस्थित सडकमा चौबिसकोठीबाट रामपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल वतन नखुलेका ७५ वर्षीय तुल बहादुर थापाको बिहीबार राति मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। घटनामा शंकास्पद २ वटा सवारी साधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी धनुषाकाे मिथिला नगरपालिका-१० लालगढस्थित सडकमा एनएल ०१ जि ४०४१ नम्बरको लहरी ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब २६ वर्षीय पुरुषको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ। लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

शुक्रबार, बैशाख १७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)