आइतबार, २१ सेप्टेम्बर २०२५

फार्मेसीमा कुरिलो!

सेतोपाटी

सेतोपाटी

चितवन 
News Image
• • •

राजेश घिमिरे

 

सामान्यत: फार्मेसीबाट औषधी बिक्री हुन्छ। चितवनको भरतपुरस्थित एक फार्मेसीले भने बिक्रीका लागि तरकारी पनि राखेको छ।

चितवन मेडिकल कलेजनजिकै रहेको स्मार्ट फार्मेसीका सञ्चालक कमलेश यादवले एक हप्तादेखि कुरिलो पनि बेच्न थालेको बताए।

कोरोना संक्रमितका लागि औषधी बुझ्न आउनेले कुरिलोबारे पनि सोध्न थालेपछि उनले कुरिलो बेच्न थालेका हुन्।

‘कोरोना संक्रमण हुँदा खाने औषधी किन्न आउनेले कुरिलोबारे सोधे अनि मैले बेच्न थालेको हुँ,’ उनले भने, 'कुरिलो तागतिलो हुन्छ भनेर लैजाने धेरै छन्।'

पश्चिम चितवनको अमृतनगरमा केही वर्षदेखि कुरिलोको व्यवसायिक खेती भइरहेको छ। स्थानीय युवा सुमन सुवेदीले आफ्नै खेतमा कुरिलो उब्जाएर बिक्री गर्दै आएका छन्।

फार्मेसी सञ्चालक यादवले कुरिलोको माग बढेपछि सुवेदीसँग सम्पर्क गरी मगाएर बिक्री गरिरहेको बताए।

चितवनमा अहिले १ हजार ६ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित छन्। उनीहरूमध्ये २२० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी  घरमै बसेका छन्।

बिहिबार, बैशाख २३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)