बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विवादमा एमालेको ‘समानान्तर समूह’ सञ्चालन गरिरहेका पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूह अलग हुने अवस्था देखिएको छ।
हाल कोरोनाका कारण उपचार गराइरहेका पूर्वप्रधानमन्त्री खनाल र उनीनिकट अर्का नेता सुरेन्द्र पाण्डेसहित एमालेका नवौँ महाधिवेशनबाट निर्वाचित उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय योगेश भट्टराई र गोकर्ण बिष्टले आफ्नै दलका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनुपर्ने धारणा राखेका छन्। पाण्डे घरमै उपचार गराइरहेका भए पनि उनको समेत सहमति लिएर भुसाल, भट्टराई र बिष्ट अर्थमन्त्री विष्णु पौडेलसँग एमाले संसदीय दलको कार्यालयमा छलफल गरिरहेका छन्।
भुसालको मतसँग सहमति राख्ने सांसद्हरु गणेश पहाडी, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, राजबहादुर बुढा, रामकुमारी झाँक्री लगायतका छन्। उनीहरुसँग ठाकुर गैरेलगायतका केन्द्रीय सदस्यको साथ छ। खनाल समूह एमालेमै असहमति राख्दै अघि बढ्ने पक्षमा छ।
नेपाल समूह चाहिँ एमालेमै रहेर ओलीसँग अन्तर्संघर्ष गर्न तयार छैन। नेपाल पक्षका सांसद्हरु भीम रावल, झपट रावल, विरोध खतिवडा, कल्याणी खड्का, नीरा जैरु, लगायत सांसद्हरु भने नेपालले जे भन्छन्, त्यही गरेर अघि बढ्न तयार छन्। नेपाललाई नेताहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, बेदुराम भुसाल, अमृत बोहोरा, रामकुमार भट्टराई, नागेन्द्र चौधरीलगायतको समर्थन छ।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया