
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विवादमा एमालेको ‘समानान्तर समूह’ सञ्चालन गरिरहेका पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूह अलग हुने अवस्था देखिएको छ।
हाल कोरोनाका कारण उपचार गराइरहेका पूर्वप्रधानमन्त्री खनाल र उनीनिकट अर्का नेता सुरेन्द्र पाण्डेसहित एमालेका नवौँ महाधिवेशनबाट निर्वाचित उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय योगेश भट्टराई र गोकर्ण बिष्टले आफ्नै दलका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनुपर्ने धारणा राखेका छन्। पाण्डे घरमै उपचार गराइरहेका भए पनि उनको समेत सहमति लिएर भुसाल, भट्टराई र बिष्ट अर्थमन्त्री विष्णु पौडेलसँग एमाले संसदीय दलको कार्यालयमा छलफल गरिरहेका छन्।
भुसालको मतसँग सहमति राख्ने सांसद्हरु गणेश पहाडी, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, राजबहादुर बुढा, रामकुमारी झाँक्री लगायतका छन्। उनीहरुसँग ठाकुर गैरेलगायतका केन्द्रीय सदस्यको साथ छ। खनाल समूह एमालेमै असहमति राख्दै अघि बढ्ने पक्षमा छ।
नेपाल समूह चाहिँ एमालेमै रहेर ओलीसँग अन्तर्संघर्ष गर्न तयार छैन। नेपाल पक्षका सांसद्हरु भीम रावल, झपट रावल, विरोध खतिवडा, कल्याणी खड्का, नीरा जैरु, लगायत सांसद्हरु भने नेपालले जे भन्छन्, त्यही गरेर अघि बढ्न तयार छन्। नेपाललाई नेताहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, बेदुराम भुसाल, अमृत बोहोरा, रामकुमार भट्टराई, नागेन्द्र चौधरीलगायतको समर्थन छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया