कुसुम गौतम
रक्षकको मुखौटो पहिरिएका
भक्षक आतङ्ककारीहरू
आखामा सत्ताको भयानक
कालो पट्टी बाँधेर
देशको अपहरण गरिरहेकाे बेला
कैयौँ जिन्दगीहरू
निसासिएका छन्
बन्दुक र बारुदबाट
उठेका धुवाँभित्र...
कति जिन्दगीहरूलाई
कतिका परिवारहरूलाई
कतिका सपूतहरूलाई
चपाएर निलिसकेको छ
यो दुर्गन्धित धुवाँले...
म ती धुवाँभित्र
हजारौँ आकृतिहरू देख्छु
कसैको मुस्कुराएको अनुहार देख्छु
ऊ भन्दै छ,
"ए दिदी! मैले देशप्रतिको दायित्त्व पूरा गरेँ "
कसैको आँसु देख्छु
ऊ भन्दै छ,
"मेरो देशलाई सैनिक शासनको पैतालाबाट उकास है ! "
कसैको बलिदान देख्छु
ऊ भन्दै छ,
"हाम्रो बलिदान खेर नजाओस् "
कति वीरहरू देख्छु
उनीहरू भन्दैछन्,
"हाम्रा रगतका एक एक थोपाको मोल राख्नु है!"
अनि देख्छु
आमाको गर्भभित्र
ताता गोलीको धुवाँमा
लत्पत्तिएको त्यो अबोध शव
ऊ भन्दै छ,
"ए पापी हो! मेरो के दोष थियो र?"
आँखाभरि टिल्पिल-टिल्पिल आँसु भरेर म अगाडि बढ्दै जान्छु
अचानक अर्को प्रश्नले सताउन थाल्छ, हाम्रा किशन दाइ र मनमाया भाउजू
उनीहरू भन्दैछन्,
"ए बहिनी! के आँफ्नो मातृभूमि फर्केर आउनु नै हाम्रो ठूलो भुल थियो र? "
ए किशन दाइ!
ए मनमाया भाउजू!
कसरी भुलौँ
तिमी दुईका निर्दोष मुहारभरि
छरिएका बारुदका चोइटाहरू
कठै! ती बूढी बिरामी आमाको
छाती चिरिएर निस्किएको
कारूणिक चित्कार सुनेर
कति रोएका होलान्
ती आत्माहरू...
म चुपचाप
धुवाँभित्रका
प्रश्नहरूमा
ती आकृतिहरू हेरेर
मौन आँसु बगाइरहेकी छु यहाँ,
कहिले देखिएला देशको शान्त छवि!
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया