बिहिबार, १४ अगस्ट २०२५

प्रधानमन्त्री ओली र शिक्षामन्त्रीलाई कारबाहीको माग गर्दै कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
फाइल तस्वीर
• • •

नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ।

राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा प्रचार गरेको भन्दै कांग्रेसले प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठलाई कारबाहीका लागि बिहीबार निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो।

राष्ट्रियसभा उपनिर्वाचनमा मौन अवधि सुरु भइसकेपछि प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल'लाई मतदान गर्न अपिल गरेका थिए।

'निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ ।' काँग्रेस संसदीय दलका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

बिहिबार, जेठ ०६, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!