बिएल संवाददाता
बाहिरका मानिस गएर राउटे बस्तीमा टिकटक बनाउनेदेखि राउटे समुदायकी युवतीमाथि यौन दुर्व्यवहारका घटना बढेपछि स्थानीय प्रशासनले राउटे बस्ती सिल गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे बस्तीमा बाहिरबाट जानेलाई प्रतिबन्ध लगाएको हो।
सुरर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले राउटे बस्तीमा असुरक्षा बढेपछि कसैलाई प्रवेश गर्न नदिने निणर्य गरेको जनाए।
प्रवेश निषेध सँगै राउटे बस्ती सुरक्षाका लागि प्रशासनले प्रहरी टोलीनै परिचालन गरेको छ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा राउटे बस्ती छ। पछिल्लो समयमा युट्युब च्यान चलाउनेहरु तथा टिकटक बनाउन त्यहाँ जानेहरुको भिडनै लाग्ने गरेको थियो।
केही दिन अघि राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनापछि स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया