बिहिबार, १४ अगस्ट २०२५

रुसमाथि डेनमार्ककाे शानदार जित

Photo : Getty image
• • •

युरोकप फुटबलमा डेनमार्कले रुसमाथि शानदार जित निकालेको छ।

सोमबार राति भएको खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले शानदार जित निकालेको हो।

यससँगै डेनमार्क नकआउट चरणमा प्रवेश गरेको छ। डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे।

रुसका आर्टम ज्यूबाले एक गोल फर्काएका थिए।
 

मंगलबार, असार ०८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!