आइतबार, २१ सेप्टेम्बर २०२५

बेथिति मात्र छैन देशमा, समयभन्दा पहिले सम्पन्न आयोजना पनि छन्

News Image
• • •

नेपालमा तोकिएको समयमा सम्पन्न नभएका पूर्वाधार आयोजनाहरूको सूची लामो बनाउन सकिन्छ। तर, निर्धारित समयभन्दा पहिले नै निर्माण सम्पन्न भएका आयोजना भेट्न मुस्किल छ। राष्ट्रिय गौरव भनेर उच्च प्राथमिकता दिएका आयोजनासमेत कुनै पनि समयमा सम्पन्न भएका छैनन्।

तर, अपवादकै रुपमा मात्रै किन नहून्, केही परियोजना भने तोकिएको समयभन्दा अगाडि नै सम्पन्न भएर उदाहरण बनाएका छन्। भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ, सिन्धुलीको कमला तथा मरिन नदीका पुल, दाङको राप्ती तथा ग्वारखोला पुल, रुकुमको जिल्ला प्रशासन कार्यालय भवन, ओखलढुंगाको चक्रपथ र सिस्ने खोला पुल तथा बर्दियाको ओराही खोला पुल यस्ता केही आयोजना हुन्।

सिन्धुलीको कमला नदी पुल, मरिन नदी पुललगायत देशका विभिन्न ठाउँमा समयभन्दा पहिला नै काम सम्पन्न गर्ने रसुवा कन्स्ट्रक्सनका अध्यक्ष राजेन्द्रराज आचार्य भन्छन्, ‘ठेक्का पाउनेबित्तिकै अग्रिम भुक्तानी दिन बन्द गर्ने र क्षमताअनुसार (बिडिङ क्यापासिटी) अनुसार मात्रै काम दिने हो आयोजना निर्धारित समयमै सम्पन्न हुन्छन्।’ 

शनिबार, श्रावण ०२, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)