प्रधानमन्त्रीले एक्कासी मलाई खोज्नुभएको त्यो दिन...

Breaknlinks
Breaknlinks

म राजनीतिमा त्यति चासो राख्दिनँ। तर, राजनीति मलाई राम्रोसँग थाहा छ। पत्रकारितामा नवप्रवेशी मलाई विशेषगरी पार्टीगत वा संसदीय भन्दा  खोजी र पर्यटन पत्रकारितामा बढी रुची थियो। गोरखापत्रमा रहेर काम गरिरहँदा त्यति सहज भने भएन।
 
कथा केही वर्ष अगाडिको हो। एक्कासी गोरखापत्रबाट फोन आयो, 'सन्जोग तिमीलाई प्रधानमन्त्री माधवकुमार नेपालले खोज्दै हुनुहुन्छ।' युवा उमेरमा बडो जोश जागरकासाथ पत्रकारितामा आएको नवप्रवेश  मलाई जागिर जान्छ कि भन्ने डर पनि लाग्यो। एकछिन अचम्ममा परे। जिल्ल पनि खाए! किन खोज्नुभएको होला, देशकै प्रधानमन्त्रीजस्तो मान्छेले म जस्तो एउटा नाथेलाई? सोच्न बाध्य भए।

क्षणभरमै कार्यलयबाट अर्काे फोन आयो, 'बधाई छ सन्जोग जी! तपाई तुरुन्त आउनुपर्यो, प्रधानमन्त्रीका सल्लाकार रधुजी पन्तले फोन गर्नुभएको थियो। सिंहदरबारमा बोलाउनुभएको छ।' अब भने लाग्याे– राम्रै कामका लागि पाे रहेछ कि! गर्वले छाती ठूलो भयो। तत्काल हतारमा कार्यलय हुइँकिए..!

प्रधानमन्त्रीले पनि स–सानो विषयमा चासो राखेर काम गर्नुहुन्छ भन्ने मैले सोचेको पनि थिइनँ। म तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई चिन्दिनँ। न कुनै दिन उहाँसँग मेरो भेट्नै भएको छ। राजनीतिमा धेरै चासो राख्ने ब्यक्ति परिनँ। चाकडी चाप्लुसी पनि गरेको छैन। फेरी माधन नेपालले मलाई नै किन खोज्नुभयो ? त्यो काम उहाँले अरुबाट पनि गराउन सक्नुहुन्थ्याेँ। म ब्यक्तिगत र राजनीतिक विषयमा त्यति टिप्पणी गर्न चाहन्न तर तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका केही कार्यबाट म कुनै समय निकै प्रभावित भएको थिए।

गोरखापत्रमा बिश्वकीर्तिमानी आरोही बाबुछिरि शेर्पाको परिवार बिचल्लीमा परेको समाचार लखेको थिए, मैले। पत्रिकाले प्रथम पृष्ठमा स्थान दियो। गोरखापत्रमा राजनीतिक पृष्ठकाभन्दा अन्य क्षेत्रका समाचारलाई  प्राथमिकता दिने तत्कालीन  सम्पादक टोलीलाई धन्यवाद दिनैपर्छ। त्यही समाचारको आधारमा प्रधानमन्त्रीले मलाई खोज्नुभएको रहेछ। राजनीतिमा पत्रकारिता गर्नेहरुको लागि यो समान्य विषय बन्न सक्छ। तर अचानक युवा उमेरमै मैले प्रधानमन्त्रीसँग भेट्न पाउनु भने मेरो लागि ठूलै चीज थियो। जीवनमा कल्पना पनि नगरेको विषयमा। यसबाट मलाई पर्यटन पत्रकारिता पेशामा अगाडि बढ्ने थप हौसला मिल्यो।

बिश्वकै सर्वोच्च शिखर सगरमाथामा बिनाअक्सिजन २१ घण्टा बिताएर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएका स्व. बाबुछिरी शेर्पाको परिवारलाई तत्कालिन समयमा स्कुलको शुल्क तिर्न र दैनिक जीवन धान्ननै असहज भइरहेको समाचार मैले लेखेको थिए।

पूर्व युवराजधिराज पारस शाहले शेर्पाको छोराछोरीलाई पढाउने बचन दिएपनि राजतन्त्रको अन्यसँगै उनीहरू कर्तब्यबाट बिमुख भएपछि  शेर्पा परिवार बिचल्लीमा परेको समाचारले प्राथमिकता पायो। यहीँ समाचारको आधारमा तत्कालिन प्रधानमन्त्री माधव नेपालसँग मैले भेट्ने अबसर पाएको थिए। वरिष्ठ नेता माधव नेपालको चाहना अनुसार मैले बाबुछिरीको  श्रीमति, छोराछोरीसहित उहाँसँग प्रधानमन्त्री कार्यालयमा भेट पनि गराए। त्यस समय मूख्य सचिव लिलामणी पौडेल पनि हुनुहुन्थ्यो। बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री कार्यलयमा शेर्पाका परिवारसँग निकै जिज्ञासाका साथ प्राथमिकता दिएर कुरा गर्दा म उहाँबाट निकै प्रभाबित भए।

राजनीतिबाट टाढा रहेर लेख्ने मलाई तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको भत्र र सालिन शैली निकै मन पर्यो। कीर्तिमानी आरोही स्व. बाबुछिरिको परिवारलाई साथमानै राखेर नेपालले मूख्यसचिवलाई आवश्यक व्यवस्था मिलाउनु भनेर निर्देशन दिनुभयो। आफन्त, कार्यकर्ता,  औरे, भरौटेभन्दा पनि विल्कुलै निस्वार्थ ढंगले राजनीतिक पृष्ठभूमिभन्दा फरक क्षेत्रका मानिसहरुको काम गर्ने तत्कालिन प्रधानमन्त्री नेपालको शैली  मलाई निकै मन पर्यो।

हरेकको सकारात्मक र नकारात्मक दुबै पाटो हुन्छन्। स–सानो बिषयमा रुची राख्ने नेता नेपालको केही सकारात्मक पक्षको भने प्रशंसक नै हुँ।  त्यो दौरान र त्यसपछि पनि मैले एक पटक माधव नेपाललाई भेटेको छैन। फेरी पनि भेट्ने चाहना राख्दिन। तर राम्रोलाई राम्रो नै भन्नुपर्छ। मलाई मेरो बुवाले र मेरो पत्रकारितामा सिकाएको पाठनै यहीँ हो। अहिलेको जटिल राजनीतिक पस्थितिमा पनि कमरेड माधव नेपालको भूमिका महत्वपूर्ण छ। त्यसैले कमरेडले राजनीतिभन्दा माथि उठेर देश र जनताको हितलाई सर्वोच्च ठानेर काम गर्नुहुनेछ भन्ने मलाई बिश्वास छ। कमरेडबाट यही आशा पनि राख्दछु। जय होस!

प्रकाशित मिति: : 2021-07-19 06:28:00

प्रतिकृया दिनुहोस्

    कृपया लेख सामग्री अत्यन्त राम्रो छ, spelling दोहोर्याएर हेरेर मात्र सामग्री पर्ेषण गरे सुनमा सुगन्ध हुने थियो कि

    • एक महिना अगाडि
    • Neer