बिएल संवाददाता
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने भएको छ।
हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा अहिराज, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन्।
तर स्रोतका अनुसार एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गरेर गठबन्धनभित्र भागबण्डाको आधारमा नयाँ प्रदेश प्रमुखहरु नियुक्त गर्ने तयारी चलेको हो।
संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखलाई पदमुक्त वा नियुक्त गर्न सक्ने प्रावधान छ।
कांग्रेसले दुई प्रदेश, माओवादीले दुई प्रदेश, एमालेको माधव नेपाल पक्षले दुई प्रदेश र जसपाले एक प्रदेशको प्रमुख पाउने बताइएको छ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया