मेस्सी पीएसजीमा अनुबन्धित: ३० नम्बरकाे जर्सी लगाउने, यति पाउनेछन् पारिश्रमिक

Photo : Getty
Photo : Getty

चर्चित फुटबल खेलाडी लियोनल मेस्सी पीएसजीमा अनुबन्धित भएका छन्।

३४ वर्षीय मेस्सीले फ्री ट्रान्सफरमा दुई वर्षको लागि सम्झौता गरेका हुन्। दुई वर्षपछि उनले चाहेमा सम्झौताको अवधि फेरि थप्न सकिनेछ।

मेस्सीलाई क्लबले ३० नम्बरको जर्सी उपलब्ध गराएको छ। यसैबीच प्रत्येक सिजनअनुसार मेस्सीले ४० मिलियन डलर पारिश्रमिक पाउनेछन्। यसलाई हिसाब गर्ने हो भने उनले एक हप्तामा ७६९,२३० डलर, अर्थात एक दिनमा ४,५७९ डलर अर्थात प्रत्येक एक मिनेटमा ७६ डलर कमाउनेछन्। 

मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए।  तर, उनले केही दिनअघि बार्सिलोनासँगको २१ वर्षे सम्बन्धलाई पुर्णविराम दिएका थिए।

उनले बार्सिलोनाको लागि ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन्।

प्रकाशित मिति: : 2021-08-11 08:54:00

प्रतिकृया दिनुहोस्