
नयाँ पत्रिका दैनिक
अचानक संसद् अधिवेशन अन्त्य गर्दै सरकारले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको आशंकाले प्रमुख विपक्षी दल एमाले तरंगित भएको छ। सदन अन्त्यको सिफारिसपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूबीच बेग्लाबेग्लै दौडधुप र परामर्श तीव्र बनेका छन्।
माधव नेपालको तयारी के छ ?
ओलीले सम्मानजनक एकताको ढोका करिब बन्द गरेकै कारण सरकारले दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश ल्याउने तयारी गरिरहेको भन्दै नेपाल पक्षले अघोषित समर्थन गरेको छ। तर, पार्टी विभाजन गरेर नयाँ पार्टी बनाउने कि १० बुँदे सहमतिकै जगमा एकताकै पक्षमा उभिने नेपाल पक्षमा दुई धार देखिएको छ। दुई दिनअघि मात्रै नेपालले अझै पनि ओलीको मन परिवर्तन गर्न सकिन्छ कि भनेर अन्तिम प्रतीक्षामा रहेको बताएका थिए।
ओलीसँग सहकार्य र एकताको ढोका बन्द भइसकेको बुझाइमा रहेका नेता र सांसदले नेपाललाई विभाजनको तयारीका लागि सहयोग पुग्ने गरी सुझाब दिइरहेका छन्। नेपाल स्वयं उनीहरूको परामर्शअनुसार पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गर्दा आफूलाई साथ दिने केन्द्रीय सदस्य, सांसद र जनप्रतिनिधिहरूको तथ्यांक लिएर निर्णायक गृहकार्यमा व्यस्त छन्।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया