बुधबार, १३ अगस्ट २०२५

कस्तो छ मुटु ?

News Image
• • •

तपाईंले के आफ्नो मुटुको अवस्थाबारे ख्याल गर्नुभएको छ ? उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलले समस्या बढाइरहेको हुन सक्छ। यही कारण लाग्ने मुटु रोगबाट देशभर बर्सेनि ३० हजार व्यक्तिको मृत्यु हुने गरेको छ। मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला मुटुलगायत नसर्ने रोगबाट जोगिन स्वयं अग्रसर हुनुपर्ने बताउँछन्। भन्छन्, ‘अलिकति मात्रै सचेत भए पनि आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्न सकिन्छ। सबै जना अलि जिम्मेवार बनौं। चिकित्सकका सल्लाहसुझावलाई गम्भीरतापूर्वक लिऊँ।’

डा. कोइरालाका अनुसार उच्च रक्तचापका कारण युवावस्थामै हृदयघात देखिन थालेको छ। यो समस्या पुरुष २३.४ र महिला १६.८ प्रतिशतमा देखिएको स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६ तथ्यांक छ। स्वास्थ्य सेवा विभागले गरेको सर्वेक्षणले २५ प्रतिशत नेपाली उक्त समस्याबाट पीडित रहेको देखाएको छ। डा. कोइरालाका अनुसार एक चौथाइ वयस्क पीडित छन्। ‘यो समस्या भएकामध्ये आधाले औषधि सेवन गरेका छैनन्। 

बुधबार, आश्विन १३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)