कारागारमा कैदीहरुबीच झडप, २४ को मृत्यु, ४२ घाइते

Photo: xinhuanews
Photo: xinhuanews

इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा २४ जना कैदीको ज्यान गएको बताइएको छ। कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन्।

त्यस क्रममा अरु ४२ जना घाइते भएका छन्।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। मंगलबार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो। यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: : 2021-09-29 13:59:00

प्रतिकृया दिनुहोस्