शनिबार, ३० अगस्ट २०२५

दसैँमा मासु सुरक्षित गर्ने कसरी ?

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक

डा. केदार कार्की
News Image
• • •

उच्च गुणस्तरीय पौष्टिक तत्व पाइने हुनाले विश्वमा पशुजन्य प्रोटिनको स्रोतका रूपमा मासुलाई उत्कृष्ट परिकारका रूपमा रुचाएको पाइन्छ। विश्वमै मासुको उपभोग बढ्दै गएको देखिन्छ, मासुको उपभोग बढ्नु भनेको समाजको आर्थिक स्थिति बढेको सूचक पनि मानिन्छ। सन् १९६० मा प्रतिवर्ष प्रतिव्यक्ति १० केजी मासु खपत हुने गरेकोमा सन् २००० मा यो बढेर २६ केजी पुगेको तथ्यांक भेटिन्छ। त्यसैगरी सन् २०३० सम्ममा यो परिमाण ३६ केजीभन्दा बढी हुन सक्ने प्रक्षेपण गरिएको छ।

अर्कातर्फ आजको मासु उत्पादन, भण्डारण, बिक्री वितरण र उपभोग शृंखलामा वार्षिक करिब ३.५ अर्ब केजी परिमाणको मासु बिग्रिएर खेर जाने गरेको छ। जसको प्रभाव मासु बजारको आर्थिक गतिविधिका साथै वातावरणीय प्रदूषणमा पनि पर्ने गरेको देखिन्छ। यसरी मासु बिग्रेर खेर जानुको प्रमुख कारक जीवाणुजन्य प्रदूषण र संक्रमणलाई मानिन्छ। यदि यसरी बिग्रेर खेर जाने मासुमध्ये पाँच प्रतिशतलाई मात्र राम्रोसँग सुरक्षित भण्डारण गर्ने हो भने करिब तीन लाख २० हजार मानिसलाई आवश्यक पर्ने मासु आपूर्ति सहज रूपमा गर्न सकिन्छ।

यतिखेर नेपालीको घरघरमा दसैँ आइसकेको छ। दसैँ भन्नासाथ मासुका विविध परिकारको पनि सम्झना आइहाल्छ। दसैँमा आफू र आफ्नो परिवारलाई पुग्नेजति मासु पसलबाट किनेर मात्र हामीलाई पुग्दैन। आफ्नो धर्म, रीति, परम्परा आदिअनुसार आफ्नो गच्छेले भ्याए पनि नभ्याए पनि कुनै न कुनै पशुपन्छी देवीका नाममा बलि चढाउनैपर्छ। फूलपाती, महाअष्टमी र महानवमीमा शक्तिपीठहरूमा पुगेर हाँस, कुखुरा, बोका या राँगाको बलि चढाउने परम्परा कत्ति पनि घटेको छैन। महाअष्टमीका दिन घरघरमै घोर्ले खसी काट्ने चलन कायमै छ। यसरी काटिएका पशुपन्छीको मासु सामान्यतः एकैछाक या एकदिनमा खपत हुँदैन। त्यसैले उचित तरिका अपनाएर त्यसलाई अलि लामो समयका लागि सुरक्षित भण्डारण गर्नुपर्ने हुन्छ।

 

मंगलबार, आश्विन २६, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!