बाह्रखरी
वर्षा महर्जन
गायिका इन्दिरा जोशीले कुनै अन्तर्वार्तामा भनेकी थिइन्, “अहिले नयाँ गीत कुन आएको छ भनेर टिकटक नहेरी थाहा हुन्न ।”
गायिका जोशीले भनेको जस्तै टिकटक यति लोकप्रिय भैसक्यो कि टिकटकमा १५–६० सेकेन्ड सुनेको भरमा युट्युबमा गीत खोजेर सुन्ने दर्शक धेरै छन् ।
यस्तै पछिल्लो ४/५ दिनदेखि टिकटकमा एउटा गीत निकै रुचाइएको छ, ‘कालो केशमा रेलिमई’ बोलको लोक भाकामा छोरी मान्छेहरु रातो धागो लगाएर भिडियो बनाएर पोस्ट गरिरहेका छन् । केही केटाहरुले पनि गीतमा डान्स गरेको भिडियो हेर्न सकिन्छ ।
टिकटक प्रयोगकर्ताहरुको रोजाईमा परेको यो गीत, यसका सर्जक दिनेश ढकालको भने अन्तिम रोजाइमा परेको थियो भन्दा अच्चम नमान्नु होला ।
“म गीत रेकर्ड गर्ने सोचसहित आर्टमाण्डूमा अंकित दाई (अंकित बाबु अधिकारी) कोमा जाँदा मेरो प्राथमिकतामा ‘कालो केशमा रेलिमई’ गीत थिएन । मैले आफूले लेखेका ४÷५ वटा गीतहरु सुनाउन थालेँ । पाँचौं गीत सुनिसकेपछि दाइले अरु पनि छ भनेर सोध्नु भयो,” गायक ढकाल बेलिविस्तार लगाउँदै गए, “म सँग एउटा लोक प्याटर्नको गीत छ भनेर त्यो अन्तिम प्राथमिकतामा राखेको गीत सुनाउन थालेँ । मैले गीतारमा यो गीत सुनाएपछि दाइले सुरुमा यही गीत गर्नुपर्छ । यो गीतले तिमीलाई क्लिक गर्न सक्छ भन्नुभयो ।”
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया