म एउटा काेमल मन भएकी अरूलाई बुझेर सहयोग गर्ने केटी हुँ: गायिका पुरी

Breaknlinks
Breaknlinks

गायिका योजना पुरी साँगीतिक क्षेत्रमा स्थापित नाम हो। गायन क्षेत्रमा निक्कै मेहनत अनि संघर्षका साथ स्थापित बन्दै गएकी योजनाको जन्म पूर्बको मोरङ्ग सुन्दर नगरी उर्लाबारीमा पोखरीवाध भन्ने ठाउँमा भएको हो। एक दशक अघि न्यु वे नामक एल्बमबाट साँगीतिक क्षेत्रमा प्रवेश गरेकी योजनाले यो यात्रामा थुप्रै आरोह अवरोहरु पार गरिन्। उनी सञ्चार क्षेत्रमा पनि जोडिएकी छिन्। गायनमा मात्र नभएर अभिनयमा समेत अब्बल पुरी सानैबाट गीत संगीतमा रुची राख्ने र यही रुचिलाई संघर्षपूर्ण रुपमा निरन्तरता दिएकै कारण यो अवस्थामा आईपुगेको बताउछिन्। २०६३ सालमा पुरीको पहिलो गीत दमकमा रेकर्ड भएको थियो। नेपाली संगीत र सञ्चार क्षेत्रलाई संगै अघि बढाई रहेकी पुरी आर्जे, भिजे समेत भएर काम गरकेो अनुभव छ। बिएल नेपाली सेवाकाे लागि प्रतिस्णा रेग्मीले उनीसँग गरेको कुराकानीः


तपाईं कहाँ जन्मीनुभयो ?

मेरो जन्म पूर्वको मोरङ्ग सुन्दर नगरी उर्लाबारीमा भएको हो।

कस्तो परिवारमा ?

मेरो परिवार मध्यम बर्गीयको, म संयुत परिवारमा जन्मीएकी हुँ।

 बाल्यकाल कसरी बित्यो ?

मेरो बाल्यकाल म सानैदेखि केही गर्ने सोच बोकेकी फुच्ची थिए। सबैले हुनेबिरुवाको चिल्लो पात भन्नुहुन्थ्यो। घरधन्दा भाइ–बहिनी हेरचाह अनि पढाइ लेखाइमै बित्यो।

गायनमा कसरी आउनुभयो ?

सानैदेखि रुची अनि साथी–भाइ आफन्त शिक्षकको तारिफले गायिका बनायो।

कति वर्ष जति भयो ?

१२ वर्ष भयो नि गितको सरुवात गरेको।

कस्ता गीत गाउँनुहुन्छ ?

म रकदेखि बाहेक सबै खाले गीत गाउँछु।

नेपाली साँगीतिक क्षेत्र कस्तो रहेछ त ?

देख्दाको जस्तो छैन संगीत क्षेत्र, यहाँ पसेपछि मात्र थाहा हुन्छ भने जति सजिलो छैन्।

हालसम्म स्वदेश विदेश कहाँ कहाँ आफ्नो प्रस्तुति दिनुभयो ?

म नेपालका धेरै भाग र विदेश चााहिँ हङकङ र भारत गएकी छु।

घर परिवारमा को–को हुनुहुन्छ ?

म घरको जेठी छोरी। दुई भाइ र चार बहिनी छोरी हो हामी, अनि ममी, बाबा।

हालसम्म तपाईंले कति वटा एल्बम  निकाल्नुभयो?

तीजकोसहित आधा दर्जन।

नयाँ आउन लागेका केही छन् कि ?

नयाँ गीहरुको तयारी गदै छु।

गायन बाहेक अरु केही बन्ने सपना थियो कि ?

सपना असल नारी  कसैको लागी राम्रो काम पनि गरौँ अनि गायिका बन्ने थियो ।पछि मिडियामा पनि जोडीकी छु। खुसी छु।

गीत संगितमा कसैले ल्याएको हो या आफैँ आउनुभयो ?

प्रेरणाका स्रोतहरु धेरै हुनुहुन्छ। पहिला त आफूमा क्षमता पनि चाहिन्छ।

सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?

सजिलो त केही नि छैन। सबैले सबै कामको लागि संघर्ष गर्नुपर्छ। संघर्षको स्वरुप फेरिएला तर बाचुजेल सबैले गर्नुपर्छ।

आफ्नै नजरमा योजना के हो र को हो ?

म एउटा कोमल मन भएकी सकेसम्म अरुको आवश्कतालाई बुझेर सहयोग गर्ने अनि आफूले बाँचेको जिन्दगीले अरुलाई असर नपुर्याने केटी हुँ।

मान्छेहरुले तपाईंलाई कसरी चिनोस् जस्तो लाग्छ ?

गायिका, संचारकमीकै रुपमा माया गर्नुभएको छ। यतिकै माया काफी छ।

आफ्ना सवल पक्ष के–के ठान्नुहुन्छ ?

मेहनती छु। सजिलै घुलमेल हुन्छु। सकरात्मक सोचाइ राखेर हिँड्छु।

अनि कमजोर पक्ष नि ?

म पनि मान्छे। म सगँ कमजोरी पनि छन्। चाँडै रिसाउछु। सेन्सेटीभ छु।

अरूलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?

उ कसरी प्रस्तुत हुन्छ। कुरा गराई हाउभाउ बिचारबाट नै धारणा बनाउँछु।

तपाईंलाई कतिबेला रिस उठ्छ ?

नकरात्मक कुराहरुले बढी रिस उठ्छ।

अनि कतिबेला भावुक हुनहुन्छ ?

सानो–सानो कुराहरुले भावुक बनाउँछ।

तपाईंलाई कस्तो स्थितिले उत्तेजित तुल्याउँछ ?

यो पनि रिस जस्तै हो नकरात्मक कुराले।

तपाईं कतिको संयमित हुनुहुन्छ ?

कोशिस गरिरा हुन्छु।

अनि कतिबेला खुशी हुनुहुन्छ ?

सानो–सानो कुरामा खुशी खोज्छु/भेट्छु पनि।कहिले मिठो गीत सुन्दा खुशी हुन्छु। कहिले कसैलाई गरेको सानो सहयोगले खुशी बनाउछ।

तपाईंका दुःखहरु के हुन् ?

सानै कुराले दुखी बनाउँछ तर आतिनु र मातिनु हुन्न भन्ने कुरालाई आत्मासाथ गर्छु।

अनि तपाईंको सुख चाहिँ नि ?

मलाई स्वतन्त्र जीवन जिउँन मनपर्छ र मैले स्वतन्त्र पूर्वक बाँचिरहेकी भन्नाले मैले चाहे जस्तो जीवन।

तपाईंको जीवनको सबैभन्दा दुखत क्षण ?

अहिलेसम्म आएकै छैन्।

अनि खुसीको क्षण चाहिँ नि ?

खुशी हरेक कुरामा खोज्छु म। तर, ठूलो खुशी केलाई भन्ने र ! मैले गरेको कामले सानो सहयोगले कोही खुशी हुन्छ भने त्यहाँभन्दा खुशी अरु कतै पाउदिन। यस्तो खुशीहरु धेरै छन्।

तपाईंको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?

मेरो जन्मदिने आमा बिरामी भएर बिराट नर्सिङहोमको आइसियुमा राखेको पल। अप्ठेरो पिडा, कसरी एयरपोटबाट कसले हस्पिटल पुगियाे त्यो पनि थाहा छैन।

त्यसलाईं के को बलमा पार गर्नुभयो ?

त्यहाँ चार/पाँच दिनपछि अवस्था नर्मल भयो। सबै ठिक भयो।

अहिलेसम्म तपाईंले गर्नुभएको सबैभन्दा सही निर्णय ?

म एकदम चाडो निर्णय गर्छु। पछुतो लाग्दै। यदि काम भएन भने पनि त्यहाबाट सिक्छु। सो सबै निर्णय सही नै भनौँ।

अनि गलत चाहिँ नि ?

गलत पनि लाग्छ। कहिले काहीँ तर त्यहाबाट सिक्ने त  होनी।

सबैभन्दा पछुतो लागेको क्षण ?

छैन पछुतो लागेको। तर, कहिले काही प्याच नबोलेको भए हुने थियो लाग्छ।

अहिलेसम्म सबैभन्दा बढी रुनु भएको क्षण ?

म एकदम चाँडो रुन्छु। कहिले फिल्म हेरेर अनि कहिले अरुको दुखमा पनि रुन्छु।

अन्तिम पटक कहिले रुनु भयो, किन ?

एकजना दिदीको जीवन सर्घष सुनेर बेसरी आँसु झरेको थियो, क्यार तर नाम चाहिँ भन्दनि है, उहाँको। 

तपाईंलाई कस्तो मान्छे मन पर्छ ?

मलाई सकरात्मक सोचाइ भएका मान्छे मनपर्छ।

अनि कस्तो मन पर्दैन ?

नकरात्मक सोचाइ भएका, आफ्नो भन्दा अहरुको बढी चासो राख्ने मान्छे मन पर्दैन।

तपाईं कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?

डवल रोल निभाउने मान्छे। जता पनि ठिक पार्ने। 

फुर्सदको समय कसरी बिताउनुहुन्छ ?

आज–भोली फुर्सद नै हुन्न भइहाले मा गीत सुन्ने अनि घुमेर बिताइदिन्छु।

गायन बाहेक तपाईंको रुचीको क्षेत्र ?

मिडिया, म्युजिक।

तपाईंलाई असाध्यै मन पर्ने पुस्तक ?

झमक घिमीरेको 'जीवन काँडा कि फूल' मनपर्छ।

 अहिले कस्ता पुस्तक पढीरहनु भएको छ ?

अहिले पुस्तक पढ्नै पाएको छैन।

दोहोराएर पढ्नु भएको पुस्तक ?

डाक्टर योगी विकासन्न्दका पुस्तक पढेकी छु।

कस्ता फिल्म हेर्नुहुन्छ ?

मलाई लभ स्टोरी र एतिहासिक फिल्म मनपर्छ।

तपाईंलाई मनपर्ने फिल्म ? 

धेरै छन्। म एउटा मात्र भन्न सक्दिनँ।

दोहोराएर हेर्नुभएको फिल्म ?

टाइटनिक।

तपाईंलाई म पर्ने हिरो/हिरोइन ?

आयुषमान/प्रियंका कार्की।

तपाईंलाई रुवाएको फिल्म ?

म हरेक फिल्म हेर्दा रुन्छु।

 मनपर्ने गायक–गायिका ?

धरै हुनुहुन्छ।

मन पर्ने गीत ?

धेरै छ। मुडमा भर पर्छ।

आफूले गाएको सबैभन्दा मन परेको गीत ?

आफ्नो सन्तान सबै प्यारो हुन्छ नि तर मनै त हो भन्ने सुन्नेको मनमा राज गर्छ।

मनपर्ने ठाउँ ?

पोखरा

मनपर्ने खाना ?

नेपाली मनपर्ने पोसाक?

क्याजुल।

तपाईंलाई मनपर्ने नेपालका नेता ?

नाम भन्नै गाह्रो छ, हजुर।

अनि विदेशका मनपर्ने नेता चाहिँ नि?

बराक ओवामा

नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?

म भन्न सक्दिन के।

 तपाईंको आदर्श को हो, किन ?

समय हो। समयभन्दा ज्यादा मलाई कसैले केही सिकाउन सकेन।

नेपालका मन पर्ने साहित्यकार ?

लक्ष्मीप्रसाद देबकोटा।

आफैंप्रति तपाईंलाई केही गुनासो छ कि ?

छैन। जे छु ठिक छु।

अनि यो समाजप्रति चाहिँ नि ?

आधुनिकरण भइरहरहेको छ। भौतिक विकास सबैलाई समान व्यवहार हरेकको कामलाई सम्मान गर्नुपर्छ समाज बने देश बन्छ।

जीवन के रहेछ ?

जीवन बुझिनसक्नुको चोला हो सिक्दै जाँदा, भोग्दै जाँदा कतिबेला कहाँ जान्छ एकमुठी सास थाहा छैन।

बाँकी योजना र सपना कस्ता छन् ?

नयाँ–नयाँ गीत ल्याउने अझै राम्रो काम गर्ने।

गायनमा लागेर के पाउनुभयो ?

दर्शक, स्रोताको माया।

अनि के गुमाउनुभयो ?

गुमाएको केही छैन।

गायनमा लागेर बाँच्न सकिने वातावरण बनेको हो, त ?

अहिले बन्दै गएको छ।

यो क्षेत्रमा आउने नयाँलाई के सुझाव दिनुहुन्छ ?

मेहेनत, परिश्रम ,अनुशासन सबै कुरा बोकेर आउनुहोस् यो क्षेत्र सुन्दर छ।

प्रकाशित मिति: : 2022-01-08 12:50:00

प्रतिकृया दिनुहोस्