बिहिबार, १४ अगस्ट २०२५

युक्रेन पुगे बेलायती विषेश फौजका दर्जनाैं सदस्यहरू

News Image
बीबीसी
• • •

बेलायती विषेश फौजका सयभन्दा बढी सदस्य युक्रेन पुगेका छन्। उनीहरू युक्रेन र रूसको सिमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको पनि अधिकारीहरूले मंगलबार जानकारी दिएका छन्।

रूसले युक्रेनको सिमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विषेश फौजका सदस्यहरू त्यहाँ पुगेका हुन्। 

युक्रेनका एक उच्च अधिकारीले पनि बेलायतबाट आफुहरूले सय जनाभन्दा बढी सुरक्षाकर्मी प्राप्त गरेको पुष्टि गरेका छन्। रूस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झण्डै ८ वर्षअघि देखिएको हो। त्यतिबेला रूसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो भूगोलमा गाभेको थियो।

रूसले पूर्वी डोनबस क्षेत्रमा रक्तपातपूर्ण विद्रोह गरिरहेको समूहलाई सघाइरहेको आरोप पश्चिमी मुलुकहरूले लगाएका छन् भने रूसले यसलाई अस्वीकार गर्दै आउको छ। त्यही क्षेत्रमा रूसले अहिले एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको बताइएको छ।

सैनिक तैनात भएकाले रूसले युक्रेनमा आक्रमण गर्ने तयारी गरिरहेको दावी यूरोप तथा कतिपय अमेरिकी मुलुकहरूले गरिरहेका छन्। तर रूसले उनीहरूको दावीमा सत्यता नरहेको भन्दै आक्रमण गर्ने तयारी नभएको बताउँदै आएको छ।

मंगलबार, माघ २५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)