युक्रेनका नेपाली भन्छन्: लडाइँ चर्किएको छ, सुरक्षित ठाउँमा भागिरहेका छाैँ [भिडियाे]

युक्रेन–रूसबीच दुई दिन यता लडाइँ चर्किरहेको छ। युक्रेनको राजधानी ‘किभ’ यतिबेला सुनसान छ।

युक्रेनमा अध्ययन गरिरहेका नेपालीहरू द्वन्द्व ग्रस्त क्षेत्र छाडेर सुरक्षित स्थानतर्फ लागेको विद्यार्थी वसन्त बुढाथोकी बताउँछन्।

यहाँका नेपालीहरूले रूसी सुरक्षा फौजले हमला गर्दै आएको संकटग्रस्त ठाउँ छाडिरहेका छन्। स्थानीय तथा प्रवासी नेपालीहरू रेलस्टेशनमा भीड लागेका छन्।

रेलस्टेशनदेखि सडकसम्मै सन्नाटा छाएको बुढाथोकीको भनाइ छ।

नेपालीहरूले हजारौँ किलोमिटरको रेल यात्रा पार गरेर राजधानी ‘किभ’ पुगेका छन्।

युक्रेन–रूस तनावले आफूहरू त्राशमा बाँचिरहेको अर्का नेपाली विद्यार्थी विनोद गैरेले बताएका छन्। नेपालीहरू त्राशपूर्ण अवस्थामा रहे पनि सुरक्षित स्थानमा सरिरहेको उनको भनाइ छ।

रूसी सेनाले दर्जनौँ गैर–सैनिक स्थलहरूमा निरन्तर आक्रमण गरिरहेको छ।

युक्रेनको राजधानी किभमा रहेका वसन्त बुढाथोकीका अनुसार उनीहरू सात जना सँगसँगै यात्रारत छन्। रेलमार्फत् किभ ओर्लिएर अर्को स्थान जानका लागि रेल चढेका छन्।

युक्रेनको रक्षा मन्त्रालयले उमेरको वास्तै नगरी सेनामा भर्ती हुन अपील गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार रूसी सेनाले दर्जनौँ गैर–सैनिक स्थलहरूमा निरन्तर आक्रमण गरिरहेको नेपालीहरू बताउँछन्। 

हजारौँ मानिसको भीडभाड देखिने युक्रेनी शहर–बजारमा मानिसको कहिकतै चहलपहल छैन। ठाउँठाउँमा बिहानैदेखि बमबारीको आवाज प्रष्टै सुनिएको गैरेले बताएका छन्।

उनीहरू अहिले रेलको लामो यात्रा पार गरेर किभ पुगेका छन्।

राजधानीक्षेत्रमा रूसी ट्याङ्कहरू गुडिरहेको हल्ला एकैपटक युक्रेनीसामु फैलिएको छ। उनीहरू आक्रमणको त्राशमा घरभित्रै लुकिछिपी बसिरहेका छन्।

प्रकाशित मिति: : 2022-02-25 19:00:00

प्रतिकृया दिनुहोस्