बुधबार, १३ अगस्ट २०२५

पूर्वबाट एमालेको खाता खुल्यो, वडाध्यक्षमा छेतेन शेर्पा निर्विरोध निर्वाचित

बिएल संवाददाता

बिएल संवाददाता

ताप्लेजुङ
News Image
• • •

ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन्।

ओलाङचुङगोलामा वडाध्यक्ष निर्विरोध निर्वाचित भएसंगै स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पहिलाे विजयकाे खाता खोलेको छ।

ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पालाई वडाध्यक्ष बनाउने निर्णयसहित निर्विरोध बनाएकाे हाे।

उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्य सर्वसम्मत चयन गरेका हुन्।

यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्विरोध भएका छन्।

गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत गरिएको हो।

सोमबार, बैशाख १२, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)