बिहिबार, १४ अगस्ट २०२५

दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

बिएल संवाददाता

बिएल संवाददाता

दक्षिण कोरिया
News Image
• • •

दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ। जानकारी अनुसार गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ।

पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको समाचारमा जनाइएको छ।अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो। यो हप्ता भने त्यसमा कमी आएर ३४ हजार जनामा संक्रमण पुगेको छ।

सोमबार मात्र दक्षिण कोरियामा कोभिड संक्रमित ८० हजार नाघेको बताइएको छ। तर पनि पछिल्ला दिनहरुमा कोभिडका संक्रमितहरुको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन्। संक्रमितहरु मध्ये ६१३ जना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको पनि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ८२ जनाको ज्यान गएको बताइएको छ। भने हाल सम्म कोभिडबाट २२ हजार ३२५ जनाको ज्यान छ।

मंगलबार, बैशाख १३, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!