पूर्व गोर्खा सैनिक हरि बुढामगर सगरमाथामाथि 'स्काइडाइभ' गर्ने पहिलो डबल एम्प्यूटी

Breaknlinks
Breaknlinks

'वाह! मैले भर्खरै सगरमाथामाथि स्काइडाइभ गरेको छु भनेर विश्वास गर्न सक्दिनँ,' पूर्व गोर्खा सैनिक हरि बुढामगरले स्याङ्बोचेबाट समाजिक सञ्चालबाटबाट पोस्ट गरे। 

उनी कृतिम (प्रोस्थेटिक) खुट्टाको सहाराले सगरमाथा आधार शिविर पुगेर 'स्काइड्राइभिङ' गर्ने पहिलो व्यक्ति बनेका छन्। उनले हेलिकप्टरबाट स्काइड्राइभिङ गरेका हुन्।

सगरमाथामाथि स्काइडाइभ गर्ने यो पहिलो डबल एम्प्यूटी हो। उनी स्काइडाइभ गर्ने पहिलो फरक क्षमता भएका व्यक्ति पनि हुन्। उनले अन्य धेरैजनाले विश्व कीर्तिमान बनाएका समेत उनले लेखेका छन्।

उनले 'पिलग्रिम ब्यान्डिट्स चैरिटी' र 'प्याराबेलम टेक्टिकल ट्रेनिङ् ' एक अद्भुत जीवनकालको अवसरको लागि धन्यवाद दिएका छन। साथै नेपाल घुम्न आएका सबै तीर्थयात्रीहरू, गाइडहरू, भरियाहरू, प्रशिक्षकहरू र पाइलटहरूलाई यो सफलतामा साथ दिएको कृतज्ञता प्रकट गरेका छन्।

हरि बुढामगर एक सहासिक पूर्व गोर्खा सैनिक हुन्। उनि कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविर पुगेका हुन्। सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै गोडा गुमाएका थिए।

घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन्। उनले कृतिम खुट्टाले सहायताले पदयात्रा गरी आधार शिविर पुगेका हुन्।

बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूर पूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन्। उनले २०१७ मा मेरा चुचुरो आरोहण गरे र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बने।

उनको अर्को लक्ष्य २०२३ मा सगरमाथा आरोहण गर्ने लक्ष्य राखेका छन्। 

आफ्नो जीवनकालमा उनले धेरै कठिनाइ र अप्ठ्याराहरू पार गर्नुपरेको छ। उनको जन्म रोल्पा जिल्लाको दुर्गम मिरूल गाउँमा सन १९७९ मा भएको हो।

उनी गोर्खा वेलफेयर ट्रष्टको राजदुत समेत हुन्। सन १९६९ मा स्थापित ट्रष्टले गोर्खा भेटारान, उनीहरूका परिवार र नेपालमा रहेका समुदायहरूलाई शिक्षा, स्वस्थ्य, खानेपानि लगायत महत्त्वपूर्ण क्षेत्रहरूमा सहयोग प्रदान गर्दै आइरहेका छन्।

प्रकाशित मिति: : 2022-04-27 09:39:00

प्रतिकृया दिनुहोस्