बिहिबार, २८ अगस्ट २०२५

वीरगञ्ज महानगरमा गठबन्धनका सिहंको अग्रता, पछ्याउँदै एमालेका सरावगी

News Image
• • •

पर्साको वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवारले अग्रता दिएका छन्।

पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३१५ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन्।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले १७ सय ४२० मतसहित उनीसँग प्रतिस्पर्धामा छन्।

उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलम २२ हजार ८१३ मतसहित अगाडि छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका पुरुषोतमलाल झाले ५ हजार ५५९ प्राप्त गरी दाेस्राे स्थानमा छन्।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) (एस) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो।

आइतबार, जेठ ०८, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!