डिल्ली शाही
नेपालगञ्जाको धम्बोझी चोकमा बिहान करिब ८ बजेको समयमा राखिएको स्व.राजा वीरेन्द्रको सालिक अहिले प्रहरीले हटाएको छ।
स्वर्गीय राजा वीरेन्द्रको सालिक राखेपछि प्रहरी प्रहरी प्रशासनले हस्तक्षेप गरी हटाएकोे हो। स्थानीयका अनुसार ५/६ राउण्ड हवाई फायर भएको बताएका छन् भने जिल्ला प्रशासन कार्यालय बाँकेले टियर ग्याँस चलाएको पुष्टि गरेको छ।
झडपमा परी राप्रपा युवा संघका जिल्ला उपाध्यक्ष युवराज शाही घाइते भएका छन् भने दई दर्जन बढी घाइते भएका छन्। २०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको सालिक तोडफोड गरेका थिए। त्यसपछि वीरेन्द्रको सालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा मात्र राखिएको थियो।
सोही स्थानमा आज(बिहिबार) दरबार हत्याकाण्डको दिनको सन्दर्भमा स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको सालिक राख्न खोजेको राप्रपाका नेता तेजनारायण कडेलले बताए। ‘हामीले शान्तिपूर्ण रुपमा सालिक राख्ने काम भएको थियो, एक्कासी प्रहरीले हस्तक्षप गरेपछि तनावग्रस्त भएको हो। उनले भने।’
अहिले वीरेन्द्रको सालिक त्यहाँबाट प्रहरीले हटाइसकेको छ। सोही क्रममा धम्बोझी चोक नजिकै रहेको सेतु विक चोकमा राखिएको सेतु विकको सालिक पनि तोडफोड भएको छ। सेतु विक चोकलाई दोस्रो जनआन्दोलनभन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो।
पछि जनआन्दोलनमा शहिद भएकी सेतु विकको नामबाट त्यसलाई सेतु विक चोक भनियो र सो स्थानमा उनकै सालिक राखियो। धम्बोजी चोक र सेतु विक चोकको तनावको क्रममा प्रहरी र राजावादी समूहबीच ढुंगा हानाहान भएको थियो। दुई पक्षबीच झडप हुँदा केही युवा घाइते समेत भएको स्थानीयहरुले बताएका छन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री राजनितिक दल र प्रहरी वा जिल्ला प्रशासनमा जानकारी नदिई एक्कासी सालिक राखेकै कारणले गर्दा हटाउनु परेको बताए।
यहाँका राजनीतिक दलका प्रतिनिधि, यहाँको प्रहरी प्रशासन, जिल्ला प्रशासनलाई जानकारी नदिएपछि यो घटना हुन पुगेको खत्री बताउँछन्।

प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया