आइतबार, २१ सेप्टेम्बर २०२५

पासपोर्ट बनाउन सकस, विभाग भन्छ– सबै सेवाग्राही एकैपटक आउँदा समस्या भो

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक

पर्शुराम काफ्ले
News Image
• • •

राहदानी विभागले सबै सेवाग्राही एकैपटक राहदानी (पासपोर्ट)का लागि आउँदा समस्या भएको जनाएको छ। विभागले आइतबार एक सूचना जारी गर्दै सबै सेवाग्राही बिहान एकैपटक आउँदा समस्या भएको जनाएको हो।

जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरू प्रत्येक हप्ता प्रिन्ट गरी सम्बन्धित जिल्लामा पठाउने व्यवस्था गरिएको भन्दै विभागले अति जरुरी परेका सेवाग्राहीलाई मात्र विभागमा आउन आग्रह गरेको छ।

‘सबै सेवाग्राहीहरू बिहान एकैपटक आउँदा विभागमा उल्लेख्य भिड हुने भएकाले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउनुहुन हार्दिक अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरूले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रूपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनुहुन सेवाग्राहीमा अनुरोध छ।’

आइतबार, असार १९, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)