
बाल गोपाल देवकोटा
करिब पाँच वर्ष पहिलेको कुरा हो, एभरेष्ट इन्जिनियरिङ कलेजमा मेरो पहिलो दिन भनौँ कलेज जीवनको सुरुवाती दिन थोरै एक्साइटमेन्ट, थोरै अनजान, थोरै निराश, थोरै रमाइलो मान्दै म कलेजभित्र पसेको थिएँ। सिभिल इन्जिनियरिङ्गको पहिलो ब्याच भएको हुनाले एउटै सेक्सन थियो। कक्षा पुरै भरिभराउ थियो। सरोज सरले पढाउँदै हुनुहुन्थ्यो संभवत फिजिक्सकाे कक्षा थियो। कक्षा पुरै शान्त थियो सरले पढाएको कुरा सबैले ध्यान दिएर सुन्दै थिए। म पनि कक्षाको फर्स्ट बेन्चमा गएर बसेँ अनि सरले पढाएको कुरा सुन्न सुरु गरेँ।
कोही तराईको आँप फल्ने ठाउँबाट आएका हामी कोही पहाडको सुन्तला, केरा फल्ने ठाउँबाट आएका हामी अनि कोही हिमालको काखमा स्याउ, आरु, ओखर फल्ने ठाउँबाट आएका हामी। देशका विभिन्न ठाउँबाट आएका भिन्न–भिन्न स्वभावका व्यक्ति हामी एउटै कक्षामा मिलिजुली बस्ने वातावरण बनाई दिने कलेज प्रसाशनसहित हामी सम्पूर्ण कक्षा भित्रका साथीहरुलाई हार्दिक बधाई।
प्रिय साथीहरु तिमीहरूको साथ संयोग बिना यो इन्जिनियरिङ्ग बन्ने सपना साकार हुने थिएन। इन्जिनियर बन्न सकिन्नकी भनी हरेस खाँदा तिमीहरूको साथ संयोगले पढ्ने वातावरण बनाइदिएको कहिले भुल्ने छैन। असाइनमेन्ट गर्दा होस् या प्रोजेक्ट्स गर्दा, कक्षाको नोट छुट्दा होस् या प्राक्टिकल गर्दा होस् तिमीहरूले दिएको साथ अपरम्पार छ।
तिमीहरूसँगै कलेजको क्यान्टिनमा बसेर सँगै खाना खाने दिन अब कहिले फर्केर आउने छैनन्। खाना मिठो भएन भनी एकजुट भएर कलेज प्रशासनलाई भन्ने दिन पनि अब आउने छैनन्। तिमीहरू सँगै फुटबल खेल्न होस् या फिल्म हेर्न होस् या तिमीहरूसँगै घुमेका ती सुन्दर ठाउँहरू अब कहिले फर्केर आउने छैनन्। केवल अब ती दिनहरु सम्झनामा मात्र सिमित हुने छन्।
कक्षा सकिने बित्तिकै ग्राउण्डमा गएर फुटबल खेलौँ भन्ने अनि आज अल्छी लागेको छ कक्षा नजाउँन भन्दा हुन्छ भनी साथ दिने साथीहरु सायद अब भेटिने छैनन्।
प्रिय साथीहरु तिमीहरू सँगै घुमेका हेटौंडाको सिमेन्ट फ्याक्ट्री, त्रिशुलीको किनार, चितवन राष्ट्रिय निकुञ्ज, सर्लाहीको भरत ताल, बागमती सिंचाई परियोजनाको ड्याम, थारु होम स्टेको त्यो रमझम अनि पोखरामा संगै घुमेको त्यो रातको समयमा लेकसाइड फेवा अनि बेगनास ताल, विभिन्न जल विद्युतका केन्द्रहरू अनि तिमीहरू सँगै नगरकोटमा बिताएको त्यो सर्भे गर्दाको रमझम कहिले भुल्ने छैनौं।
एकदम अन्जानका साथ यस कलेजमा प्रवेश गरेका हामी आज एउटा सिंगो परिवार नै भएर छुटिदै छौं। इन्जिनियर बन्ने सपनाका साथ यस एभरेष्ट इन्जिनियरिङ्ग कलेजको गेट, प्राङ्गण हुँदै कक्षाभित्र छिरेर इन्जिनियरिङको उडान तय गरेका हामी उडान गर्दै गर्दा बिच बिचमा पर्ने ठूलाठूला डाँडाकाँडा, खराब मौसम, आँधिबेरीका बावजुत पनि हामी सफल अवतरण गरेका छौँ। यो उडानमा महतपूर्ण भूमिका खेल्ने इन्जिनियरिङ्गरुपि जाहजलाई सफतापूर्वक उडाएर अवतरण गराउन सघाउने भगवानरूपी क्याप्टेन, पाइलट र सहचालकलाई हृदयदेखि नमन।
हिँड्दै गर्दा खुट्टा लर्बराएर ढल्न खोज्दा आफ्ना ज्ञानरूपी हात दिएर सफलता पूर्वक अगाडि बढ्न सघाउने भगवानरूपी गुरु अनी गुरुआमाप्रति पनि हार्दिक आभार। कयौँ कठिनाइका बाबजुद पनि भरपुर प्रयासका साथ इन्जिनियर बनाउन सघाउने एभरेष्ट इन्जिनियरिङ्ग कलेजलाई पनि हार्दिक धन्यवाद।
समय सधैं एकै नासको हुँदैन, समयसँगै हामी चल्न सक्नुपर्छ। करिब पाँच वर्षपछि हामी एभरेष्ट इन्जिनियरिङ्ग कलेजबाट भौतिक रूपमा टाढा हुँदै छौं। अब त्यो कक्षा, तिनी प्यारा साथीहरु अनि गुरुहरूसँग जीन्दगीको गोरेटोमा भने संगै भेट हुने छैन।
अवश्य पनि मिलनभन्दा बिछोडको पल दुःखद हुन्छ आज त्यही दिन आएको छ। संगै हाँस्दै खेल्दै पढेका साथीहरुसँग छुटिनुपर्ने भएको छ। मान्छे जन्मेपछि मर्नुपर्छ हो त्यसरी नै मिलनपछि बिछोडिन अवस्य पर्छ। हामी एकजुट भएर देश विकासको काममा अघि बढ्ने आठोटका साथ यो कलेज छोड्दैछौँ। आज छुटिएर गए पनि एभरेष्ट इन्जिनियरिङ्ग कलेजमा बिताएका ती मीठा अनि तिता पलहरु भने पक्कै पनि जीन्दगीको गोरेटोमा सबैले याद गर्ने छन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया