
जितेन्द्र नेपाली 'जीवन'
शनिबार बिहान मोबाइल चलाउँदै खाटमा पल्टिरहेको थएँ। त्यतिकैमा मोबाइलको घण्टी बज्यो, टुटुटु।
फोन हेरेँ, दाजु मदन नेपालीले गर्नुभएको रहिछ। हतारिदै उहाँको कल उठाएँ। मैले कल उठाएर हल्लो दाजु भन्न नपाउँदै उताबाट मदन दाई भन्नुभयो, 'भाई आज हामी सिल्पी थियटरमा नाटक हेर्न जानुपर्छ है।'
दाजुको कुरा सुनेर भनिहालेँ, 'कुन नाटक हेर्न जाने दाजु?' उहाँले भन्नु भयो, 'दुर्गा देवी'।
पछिल्लो समय सामाजिक सञ्जालमा छाइरहेको नाटक हो, 'दुर्गा देवी'। जसको केही झलक देखेरै मनमा उत्सुकता थियो, नाटक हेर्ने।
ढुंगा खोज्दा देवता पाएझैँ दाईको कुरा सुनेर फुरुङ्ग हुँदै हतारिदैं जवाफ दिएँ, 'जाने दाजु। मलाई हेर्ने मन छ, 'दुर्गा देवी' नाटक।'
नाटक हेर्न जाने निधो भइसकेपछि मलगायत दाजु मदन र दिदि बिन्दु नेपाली नाटक हेर्न बत्तीसपुतलीको शिल्पी थिएटरतर्फ लाग्यो।
पहिलो पटक थिएटरमा गएकोले अध्याँरो नाटक घरमा पुग्नसाथ मेरो मुटुको ढुकढुकी बढ्न थालिसकेको थियो।
नारी बलात्कारको बिषयलाई उठाएर तयार पारिएको 'दुर्गा देवी' नाटक हेरिरहँदा म निकै भावुक भएँ।
नाटकको कथा र कलाकार 'परी शाक्य' को दमदार अभिनयले कताकता मेरो आँखाको छेउछाउतिर आँसुका ढिकाहरु, टिलपिल-टिलपिल भएर एक दुई थोपा पोल्टामा पनि खस्यो।
केटा मान्छे भएर रुएछ भनेर जिस्काउने डरले झटपट आँसु लुकाउन थालेँ। नाटकमा देखाइएको कथा वस्तुले म मात्र होइन सबै दर्शकहरुको आँखा रसाइरहेको थियो।
पहिलो पटक नाटक हेरेर भावुक भएको मलाई पुन: एकपटक 'दुर्गा देवी' नाटक हेर्ने मन छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया