जितेन्द्र नेपाली 'जीवन'
शनिबार बिहान मोबाइल चलाउँदै खाटमा पल्टिरहेको थएँ। त्यतिकैमा मोबाइलको घण्टी बज्यो, टुटुटु।
फोन हेरेँ, दाजु मदन नेपालीले गर्नुभएको रहिछ। हतारिदै उहाँको कल उठाएँ। मैले कल उठाएर हल्लो दाजु भन्न नपाउँदै उताबाट मदन दाई भन्नुभयो, 'भाई आज हामी सिल्पी थियटरमा नाटक हेर्न जानुपर्छ है।'
दाजुको कुरा सुनेर भनिहालेँ, 'कुन नाटक हेर्न जाने दाजु?' उहाँले भन्नु भयो, 'दुर्गा देवी'।
पछिल्लो समय सामाजिक सञ्जालमा छाइरहेको नाटक हो, 'दुर्गा देवी'। जसको केही झलक देखेरै मनमा उत्सुकता थियो, नाटक हेर्ने।
ढुंगा खोज्दा देवता पाएझैँ दाईको कुरा सुनेर फुरुङ्ग हुँदै हतारिदैं जवाफ दिएँ, 'जाने दाजु। मलाई हेर्ने मन छ, 'दुर्गा देवी' नाटक।'
नाटक हेर्न जाने निधो भइसकेपछि मलगायत दाजु मदन र दिदि बिन्दु नेपाली नाटक हेर्न बत्तीसपुतलीको शिल्पी थिएटरतर्फ लाग्यो।
पहिलो पटक थिएटरमा गएकोले अध्याँरो नाटक घरमा पुग्नसाथ मेरो मुटुको ढुकढुकी बढ्न थालिसकेको थियो।
नारी बलात्कारको बिषयलाई उठाएर तयार पारिएको 'दुर्गा देवी' नाटक हेरिरहँदा म निकै भावुक भएँ।
नाटकको कथा र कलाकार 'परी शाक्य' को दमदार अभिनयले कताकता मेरो आँखाको छेउछाउतिर आँसुका ढिकाहरु, टिलपिल-टिलपिल भएर एक दुई थोपा पोल्टामा पनि खस्यो।
केटा मान्छे भएर रुएछ भनेर जिस्काउने डरले झटपट आँसु लुकाउन थालेँ। नाटकमा देखाइएको कथा वस्तुले म मात्र होइन सबै दर्शकहरुको आँखा रसाइरहेको थियो।
पहिलो पटक नाटक हेरेर भावुक भएको मलाई पुन: एकपटक 'दुर्गा देवी' नाटक हेर्ने मन छ।









‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया