मोरङका ८ मतदान स्थल परिवर्तन गर्न सिफारिस

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङका ८ मतदान स्थल परिवर्तन गर्न सिफारिस गरेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल संयोजक रहेको समितिले आइतबार जिल्लाका ८ मतदान स्थल सार्नका लागि सिफारिस गरेको हो।

मोरङमा तीन सय मतदान स्थल र आठ सय २० मतदान केन्द्र छन्। तीमध्ये साँघुरो र अपायक पर्ने स्थानमा रहेका ८ वटा स्थल सार्न सिफारिस गरेको प्रदेश निर्वाचन अधिकृत लेवन अधिकारीले जानकारी दिए।

कटहरी गाउँपालिका–३ को कार्यालयमा रहेको मतदान स्थललाई जनप्रिय माध्यमिक विद्यालयमा, सोही गाउँपालिका–७ को लक्ष्मी आधारभूत विद्यालयमा रहेको मतदान स्थललाई सोही वडाको वडा कार्यालयमा, विराटनगर महानगरपालिका–८ को सप्तकोसी बोर्डिङलाई श्रीशु निकुञ्ज आधारभूत विद्यालयमा सार्नका लागि सिफारिस गरेको अधिकारीले बताए।

बुढीगंगा गाउँपालिका–२ को हेल्थपोष्टबाट लिलाभक्त आधारभूत विद्यालयमा, रतुवामाई नगरपालिका–५ को उपस्वास्थ्य चौकीबाट वडा कार्यालयमा, धनपालथान गाउँपालिका–२ को लाकेश्वर आधारभूत विद्यालयबाट अमाहीवरियती स्वास्थ्य चौकीमा, बेलबारी नगरपालिका–८ को ज्ञानोदय आधारभूत विद्यालयबाट रणपाल आधारभूत विद्यायमा र केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिकाको कार्यालयबाट केयू एकेडेमीमा मतदान स्थल सार्न सिफारिस गरेको छ।

यस्तै, निर्वाचन कार्यालयले मतदाता बढी भएका मतदान स्थलमध्ये जिल्लाका केही मतदान स्थल टुक्र्याएर सिफारिस गरेको छ।

र्यालयले मतदाता बढी भएको बेलबारी नगरपालिका–१ मा रहेको जनएकता स्कूलबाट नगरपालिकाको कार्यालय, सोही नगरपालिकाको लक्ष्मी आधारभूतबाट मतदान स्थल टुक्र्याएर लक्ष्मी उपभोक्ता सामुदायिक वनमा मतदान स्थल थप गर्न सिफासिर गरेको छ।

रंगेली नगरपालिका–४ को गणेश माध्यमिक विद्यालयबाट जनता माध्यमिक विद्यालयमा, कानेपोखरी गाउँपालिका –६ को जनसेवा माविबाट पञ्चज्योती आधारभूत विद्यालयमा मतदान स्थल थप गर्न सिफारिस गरेको छ।

केराबारी गाउँपालिका–४ को जनकल्याण माविबाट जहदम्बी आधारभूत विद्यालयमा, सोही पालिकाको वडा नम्बर–९ को रामविर आभारभूत विद्यालयबाट बुद्ध माविमा र मिक्लाजुङ गाउँपालिका–१ को टाडीँ मावि मतदान स्थललाई टुक्र्याएर मनोहर माविमा थप गर्न सिफारिस गरिएको छ।

प्रकाशित मिति: : 2022-08-22 12:05:00

प्रतिकृया दिनुहोस्