के मा चुक्याे ‘प्रेमगीत–३’? 

मदन नेपाली

काठमाडौं
Breaknlinks
Breaknlinks

एक समय थियाे बलिउड हावामा उड्थ्याे, न विराेधी न त कुनै प्रतिस्पर्धी। 'रिमेक' मा रिमेक बनाएर जनताहरूकाे पैसा लुटिरहेकाे थियाे। दर्शकलाई आफू लुटिरहेकाे पत्तै भएन। तर फिल्म जगतामा नयाँ सुरूवात भयाे। 

के.जी.एफ, पुष्पा र आरआरआरकाे 'एन्ट्री' भयाे। फिल्म हेर्न दर्शक उत्साहित भए। त्याेसँगै फिल्मी जगत परिवर्तन हुन थाल्याे। अनि बलिउडकाे 'प्यारासुट प्वाल' पार्न नेपाली सिनेजगतले पाईला अघि सार्याे। मुम्बईका केयाैँ ठूल्ठूला हाेडिङ बाेर्डहरूमा नेपाली फिल्मकाे पाेस्टर टङ्गीन थाल्याे।

'प्रेम गीत–३' नाम नसुन्ने दर्शक त सायदै हाेलान्। याे कुनै हलिउड या बलिउड फिल्म हाेइन, याे कलिउड फिल्म हाे। अझ भन्ने हाे भने 'ईन्डाेनेपाली' फिल्म हाे। नेपालमा बनेकाे 'प्रेम गीत–३' फिल्मले भारतमा चर्चा पाउनु भनेकाे निर्माताका लागि उत्साहको विषय मात्रै होइन, नेपाली फिल्मकर्मीका लागि देखाइदिएको एउटा वैकल्पिक ढाेका खाेलिनु पनि हाे। 

अब कुरा गराैँ कथा वस्तुतर्फ–याे युगकाे कथा हाे, प्रेम र गीतकाे कथा। जसलाई फरक पाटाेमा देखाउन खाेजिएकाे छ। 'माया नै मायाले भरिएकाे कथा हाे,  प्रेम र गीत'। जहाँ देखाइएकाे छ, 'मायाकाे शत्रू माया नै हुन्छ'। यदि माया गर्नेहरूकाे शत्रू माया गर्ने नै भयाे भने के हुन्छ? बुझ्नु भएन ?

फिल्मका प्रेम अर्थात 'प्रदिप खड्का' का पिता दर्गाका राजा हुन्। जसलाई छाेरा प्रेमकाे चिन्ता छ। उनी चाहदैँनन् कि छाेराले गीतलाई विवाह गरून। गीत अर्थात् 'क्रिश्टिना गुरूङ' जाे दर्गाका विराेधी र सात गाउँकी साझा छाेरी हुन्। प्रेमका पिता चाहन्छन्, आफू मरेपछि राज्य नै कान्छाे छोरा प्रेमले सम्हालुन्। अझै बुझ्नु भएन ? सरसरती कथा भनाैँ, कि भिडियोको लिंक राखु? अहँ, त्यसकाे लागि त फिल्म हेर्न सिनेमा हलमा नै जानुपर्छ।

फिल्ममा दर्गाकाे कथालाई देखाइएकाे छ। जसले केयाैँ सालदेखि सात गाउँमा राज गर्दै आइरहेकाे छ। कथा उही सेराेफेराेमा चलिरहन्छ। तर अचानक 'मास्टर माइन्ड' भिलेनकाे 'एन्ट्री' हुन्छ। उनी काे हुन् कसैलाई थाहा छैन्। उसले सबै मुख छाेपेका छन्, उनी अनजान बनेका छन्। उनकाे दिमागमा त सधैँ 'शैतानी' चलिरहेकाे हुन्छ। अझ भन्ने हाे भने उनी दर्गा नष्ट गरेर राज गद्दीमा राज गर्ने याेजनामा हुन्छन्।

यता प्रेम दाेधारमा हुन्छन्, एकातिर राज्य बचाउने कि अर्काेतिर सात गाउँकी छाेरी प्रेमीका गीत। कथा आरपार लडाईँमा छ। तर लडाईँमा कस्को जित्छ हुन्छ, त्यसकाे लागि त फिल्म हेर्न हल नै जानुपर्छ। फिल्मले आधुनिक युगमा पनि पुरानै कथा वस्तु, राजा, रानी र रक्त कथामा उतारन खाेजिएकाे छ, जुन फिल्मकाे राम्राे पक्ष हाे। त्याेसँगै बलिउड र हलिउडलाई टक्कर दिन खाेजेकाे फिल्मले मात्र ४–५ कराेडकाे लगानीमा जे देखाउन खाेजेकाे छ, त्याे धेरै राम्राे हाे।

अझ यसकाे बलियाे पक्ष भनेकाे ध्वनि मिश्रण (ब्यागग्राउण्ड म्यूजिक स्काेर) हाे। त्यसैगरी फिल्मकाे सम्पादनले दर्शकलाई हलमा अड्काई राख्न सफल भएकाे छ। जसका लागि पूरै टिमलाई नै उच्च सम्मान प्रकट गर्न चाहन्छु। 

के मा चुक्याे फिल्म? 

जन्मपछि मृत्यु निश्चित छ। खेलमा हार र जित पनि हुन्छ। त्यसैगरी फिल्ममा राम्राे पक्षझैँ नराम्राे पक्ष पनि जाेडिएकाे छ। 'प्रेम गीत–३' एउटा सरल फिल्म हाे। यसमा 'वाह' भन्नुपर्ने कुनै कुरा छैन। फिल्मलाई नयाँ तरिकाबाट प्रस्तुत गर्न खाेजेपनि नयाँ अनुभव पाउन सकिदैँन। फिल्म हेर्दा 'कन्फियुउज' हुनुपर्ने केही छैन। फिल्मकाे कथा थाेरै 'आउट डेटेट' र धेरै देाहाेरिए जस्ताे छ। फिल्मलाई सहजै बुझ्न सकिन्छ। 

फिल्ममा बारम्बार सात गाउँ भनिन्छ तर सात गाउँ देखाउन फिल्म पक्ष चुकेकाे छ। दर्गाकाे भितामा कथा सकिन्छ तर दरबारलाई पूरै देखाउन असमर्थ देखिन्छ। फिल्ममा प्रेमले सात गाँउकाे छाेरा बन्छु भन्दै 'गुण्डा' हरूकाे सवनाश गर्छन्।

त्यहीँबेला कथामा हिउँ परिरहेकाे हुन्छ तर अफसाेज कि हिउँले गाउँलेलाई छुर्दैन। जबकी आकाशबाट परिरहेकाे हिउँले शरीरलाई भिजाउनुपथ्याे। त्याेसँगै भि.एफ.एक्सकाे पनि कमजाेरी देखिएकाे छ। अनि फिल्ममा लगाइएका पाेसाकले पनि नेपालकाे कुनै युगलाई झल्काउदैन। जबकी नेपालीपनलाई नै देखाउनुपथ्याे। त्याेसँगै फिल्ममा प्रेमलाई समस्या पर्दा मदत गर्ने व्यक्ति हुन्–अगंत अर्थात् 'सन्ताेष सेन'। जसकाे नाता प्रेमसँग खुलाइएकाे छैन। फिल्ममा उनी थिए चाहिँ काे? फिल्ममा 'स्क्रीन प्ले' ले गर्ने नै चुकेकाे हाेकि? 

समग्रमा भन्नुपर्दा फिल्म राम्रै बनेकाे छ। केही कुरा सुधारे धेरै अघि बढ्ने थियाे। भोलिका दिनमा यहीँ जोश र जागरसहित टिमले बलियो विषय वस्तुमाथि मेहनत गरे, फिल्म राम्रै चल्छ। 'फस्ट इप्रेशन इज लास्ट इम्प्रेशन' भनेझैं पहिलो प्रभाव नै अन्तिमसम्म रहिरन्छ। तर, प्रेम गीतको पहिलो प्रभाव भारतीय बजारमा सम्झनालायक बन्न सकेन।

निर्देशकमध्येका एक छेतेन गुरूङ जसका लागि यो फिल्म 'ड्रिम प्रोजेक्ट' थियो। उनी फिल्मको छायांकन सकिएसँगै संसारबाट बिदा भए। उनै छेतेनलाई सम्झनका लागि प्रेम गीत–३ हेर्न सकिन्छ। फिल्मका सम्पूर्णले टिमले कथामा ट्वीट ल्याउन खेाजेकाे भएपनि  फिल्म केहीँ–केहीँ कुरामा चुकेकाे छ।

प्रकाशित मिति: : 2022-09-28 18:15:00

प्रतिकृया दिनुहोस्