झोलुङ्गे पुल भत्किँदा १४० जनाको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली
ANI via Reuters
ANI via Reuters

भारतको पश्चिम गुजरातमा एउटा झोलुङ्गे पुल भत्किँदा कम्तीमा १४० जनाकाे मृत्यु भएकाे छ।

छठ पर्व को समयमा मानिसहरूको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको हाे। क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किँएको प्रारम्भिक अनुमान छ। यस विषयमा छानबिन गर्न विशेष टोली गठन गरिएको छ।

मोरबीस्थित मच्छू नदीमाथिको १४३ वर्ष पुरानो झोलुङ्गे पुल भत्किएपछि सयौं मानिसहरू नदीमा डुबेका हुन्। पुलमाथि ४ सयभन्दा बढी मानिसहरू रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

२३० मिटर लामो ऐतिहासिक पुल बेलायती शासनकालमा बनेको थियो। मर्मतका लागि ६ महिना बन्द गरिएको मच्छू–पुल केही दिनअघि मात्रै सञ्चालनमा ल्याइएकाे स्थानीयहरू बताउँछन्।

अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजाको सन्दर्भमा केही अनुष्ठान गर्न जम्मा भएका करिब ५०० मानिसहरु भेला भएका बेला भत्किँएको थियो।

पुल भत्किएपछि मच्छू नदीमा केही मानिस हराइरहेका छन्। फसेका केही मानिसको उद्दार गरिएको छ। मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति: : 2022-10-31 06:51:00

प्रतिकृया दिनुहोस्