
बिएल संवाददाता
पोर्चुगललाई १-० ले स्तब्ध पार्दै मोरोक्को कतार विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको ४२औं मिनेटमा मोरोक्कोको लागि नेेसिरीले गोल गरे ।खेलको निर्धारित अवधिभर अरू कुनै गोल नभएकाले यही एक गोल निर्णायक भयो ।
बाई-बाई क्रिश्चियानो रोनाल्डो !
मोरोक्कोले पोर्चुगललाई स्तब्ध पार्दै विश्व फुटबलका एक महारथि क्रिश्चियन रोनाल्डोलाई शायदै अव विश्वकपमा देखिनेछ।
४२औं मिनेटमा मोरोक्कोका नाइसिरीको 'टाउको' ले जादू गर्दा यो अनपेक्षित परिणाम मिलेको हो।फुटबलले यस्तै अचम्म गरेर दर्शकको मन जितिरहन्छ।
यो जितसँगै मोरोक्को बुधबार अर्जेन्टिनासँग सेमिफाइनलमा आम्नेसाम्ने हुनेछ । यो क्षणले विश्वकपको इतिहासमै मोरोक्को सेमिफाइनल खेल्ने पहिलो देश बनाउने छ ।
अर्जेन्टिनालाई पनि स्तव्ध पार्न सके मोरोक्कोले इङ्ल्याण्ड र फ्रान्समध्ये विजेतासँग फाइाल खेल्ने छ । यदि त्यसो भयो भने विश्वकपको इतिहास अर्को किसिमले लेख्नुपर्ने बाध्यता सिर्जना हुन्छ।
सबै समयको कुरा हो । समयले कहिलेकाँही समयलाई नै यस्तो अप्रत्यासित समाचार लेख्न लगाउँछ ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया