
बिएल संवाददाता
अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको क्वाटरफाइनल खेलमा १८ वटा पहेँलो कार्ड वर्षाएर विवादित बनेका स्पेनिस रेफ्री माटेउ लाहोजलाई सोमबार कतारबाट फर्काइएको छ।
गत शुक्रबार भएको अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको निकै तनावपूर्ण खेलमा रेफ्री लाहोजले अर्जेन्टेनी स्टार लियोनल मेस्सीसहित अर्जेन्टिनाका आठ खेलाडी र दुई अधिकारी तथा नेदरल्यान्डका सात खेलाडीलाई पहेँलो कार्ड दिएका थिए।
उक्त विवादित खेलपछि रेफ्री लाहोजमाथि खेलाडी र प्रशंसकहरुले कडा आलोचना गरेका थिए। लाहोजको विवादस्पद प्रदर्शनपछि फिफाले उनलाई फिर्ता पठाउने निर्णय गरेको हाे। अब विश्वकपको बाँकी खेलमा माटेउ समावेश हुने छैनन्।
धेरै कार्ड वर्षाएर विवादित हुनेमा लाहोज मात्र एक हाेइनन्। यसअघि पनि सन् २००६ काे फिफा विश्वकपमा रुसी रेफ्री भ्यालेन्टिन इभानोभले नेदरल्याण्ड्स र पोर्चुगलका खेलाडीहरूलाई चार रातो कार्ड र १६ पहेँलो कार्ड दिएर विवादित बनेका थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया