बिहिबार, १४ अगस्ट २०२५

शिवम् सिमेन्ट्सको लाभांश घोषणा

News Image
• • •

शिवम् सिमेन्ट्सले लगानीकर्तालाई आर्थिक बर्ष ०७८/०७९ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति १०८औं बैठकले सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको हो। 

कम्पनीको पुस २९ गते साधारणसभा हुने भएकोले सोही दिन प्रस्तावित लाभांश सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ।   

चुक्ता पूँजी चार अर्ब चालिस करोडको करसहित १०.५३ प्रतिशतको दरले नगद लाभांश दिने घोषणा गरेको हो।

साथै, कम्पनीको पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् भने कम्पनीले पुस २० गते सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्दैछ। 

शिवम् सिमेन्टको ठगी धन्दा: सर्वसाधारणलाई सेयर बेच्दा २५ करोड कर छली

बिहिबार, मंसिर २९, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!