
बिएल संवाददाता
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ। क्यानले आफ्नाे सामाजिक सञ्जालमार्फत् नयाँ प्रशिक्षकको दरखास्त आह्वान गरेकाे जानकारी दिएकाे हाे।
राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि अहिले क्रिकेट टोली प्रशिक्षकविहीन बनेको छ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षक जनवरी महिनाभित्रै टुङ्याउने क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले बिएल नेपाली सेवासँग बताए।
‘अहिले नेपाली क्रिकेट प्रशिक्षकविहीन छ। क्यानले आइतबार प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ, दरखास्त भर्ने समय जनवरी १४ सम्मकाे छ। त्यसपछि हामीले जनवरी महिनाको बिचमै नयाँ प्रशिक्षक नियुक्त गर्नेछाैँ,’ मल्लले भने।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिममा विगत २ वर्षमा ३ प्रशिक्षक फेरिएका छन्। क्यानले आइतबार पहिलो पटक मुख्य प्रशिक्षको लागि आह्वान गरेको हाे।
‘अहिले पनि हामीलाई देश तथा विदेशबाट धेरै कल आइरहेको छ तर क्यान टिमको लागि एकदमै उपयुक्त प्रशिक्षको खोजीमा छ,’ उनले भने,‘दरखास्तपछि हामीले प्रशिक्षको लागि छनोट प्रक्रिया एकदमै अगाडि बढाउने छौँ।’
इच्छुक र योग्य व्यक्तिले आफ्नो व्यक्तिगत विवरण (बायो डाटा) र पदको लागि इछ्याएको कारण खुलाउँदै जनवरी १४ सम्म दरखास्त दिन सक्ने छन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया