बिहिबार, २८ अगस्ट २०२५

गायक मनोज केसीको ‘घर त गैरी गाउँ’ सार्वजनिक (भिडियाेसहित)

• • •

गायक मनोज केसीको स्वरमा रहेको ‘घर त गैरी गाउँ’ सार्वजनिक गरिएको छ।  उक्त गीतमा गायिक अस्मिता अधिकारीले मनोजलाई स्वरमा साथ दिएकी छन्। 

मनोज केसी र रामकुमार गुरुङ (आरके गुरुङ) को शब्द सृजना रहेको सो गीतमा आरके गुरुङले संगीत भरेका छन्। 

झम्के साँझ, सोल्टिनी, मस्यौरी, चाइनेजो, साह्रै मन अत्त्याउनी, भँमरा, फिदा, मेरो क्रस, सालैजो कौराजस्ता हजारबढी लोकपप आधुनिक गीतहरुको भिडियो निर्देशन गरेका दीपेन्द्र तिमल्सिनाकै निर्देशन र कोरियोग्राफीमा गरेको ‘घर त गैरी गाउँ’को भिडियोमा जुना सुन्दास, आयुस्मा कार्की, गणेशमान घले र रमेश थापाको अभिनय छ। 

तिमल्सिनाले नेपाली तथा भोजपुरी गरी एक दर्जनभन्दा बढी चलचित्रहरुमा नृत्य निर्देशन गरेका छन्। 

आइतबार, माघ १५, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!