क्यानकाे अवस्था सुध्रियाेस् भनेर राजीनामा दिएँ: प्रशान्त विक्रम मल्ल (अन्तर्वार्ता)

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बुधबार बिहान पदबाट राजीनामा दिए। मल्लले कार्यकाल ४ महिनाअघि नै राजीनामा दिएका हुन। क्यानमा उत्पन्न विवाद र परिस्थितिका कारण आफूले राजीनामा दिएकाे बताउने मल्लासँग बिएल नेपाली सेवाकाे लागि प्रतिस्णा रेग्मीले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:

तपाईंले किन राजीनाामा दिनुभयाे ?

राजीनाामाभन्दा पनि मैले कार्यवाहक छोडेको हो। अहिलेको अवस्थमा क्यानलाई सहजीकरण होस् र कतिपय साथी–भाइहरुले पनि राजीनामा मागिरहनु भएको थियो भने मैले पद छाडेर क्रिकेटमा सहजीकरण हुन्छ भनेर मैले आफैँ क्यानमा प्रस्ताव गरेर पदबाट राजीनामा दिएको हो।

अब पनि क्यानमै रहनुहुन्छ ?

मैले क्यानको केन्द्रीय सदस्यको पद छाडेको होइन। मेलै क्यानले मलाई दिएको पद कार्य सचिवको पद छाडेको हो। भने, म क्यानमा केन्द्रीय सदस्य भएर नै आवद्ध भइरहने छु।

क्यानमा पदाधिकारीहरुले राजीनामा दिनुपर्ने गरी कसरी संकट उत्पन्न भयो ?

खासै, केही संकट छैन। क्यानभित्रकै केही साथीहरुले मसहित अन्य पदाधिकारीहरुकाे राजीनामा माग्नु भएकाे हाे।

क्यान यो अवस्थमा पुग्नमा दोष कसको ? यसको जिम्मेवारी कसले लिने ?

क्यान कुनै पनि नराम्रो अवस्थामा पुगेको छैन। क्यानले काम गरिरहेको छ। क्यानले धेरै प्रतियोगिताहरु आयोजना गर्दछ। नेपाल टि- २० लिगको स्पट फिक्सिङ भएको आएको हो भने क्यानले लिग राम्रै रुपमा सम्पन्न पनि गर्‍याे। टि- २० लिगभित्र उत्पन्न भएको सबै कुरा क्यानले हेरिरहेकाे छ, लिगमा खेलाडीहरुले नपाएको पारिश्रमिक एक तिहाइले पाइसकेका छन्। र, बाहिर क्यान सक्यो, नेपाली क्रिकेट सक्यो भने कुरा आइरहेको छ तर त्यस्तो केही छैन, क्यान राम्रो अवस्थमा छ।

यतिबेला क्यानमा उत्तारचडाव आइरहेको बेला कार्यवाहक सचिवले पदबाट राजीनामा दिएपछि यसको असर कस्तो पर्न जान्छ ?

हाेइन, क्यान भनेको अविरल उत्तराधिकारीमा रहने संस्था हो। म एक जनाले पद छाड्दैमा क्यान खत्तम हुने होइन। मभन्दा पहिला क्यानमा कार्य सचिव रहनुभएका अशोकनाथ प्याकुरेलज्यूले पनि राजीनामा दिँदा यस्तै कुराहरु आएको थियो। र, मैले आज राजीनामा दिएपछि त्यही कुरा आइरहेको, यहाँ निरन्तर नयाँ व्यक्ति आउने संस्था हो। पद छाड्दैमा नकरात्मक असर पर्छ भने छैन।

क्यानकै ७ जना अधिकारीहरुले तपाईंसहित अन्य ५ जना पदाधिकारीहरुकाे राजीनामा माग गरेका थिए, कतै तपाईंले उहाँहरुको दबाबमा पद छाडनुभएको त होइन नि ?

मैले कसैले दबाब दिएर राजीनामा दिएँ भनेकाे हाेइन, मैले आफ्नाे इच्छाअनुसार पदबाट राजीनामा दिएको हो। मलाई मैले पदबाट राजीनामा दिएपछि क्यानलाई केही सहजीकरण हुन्छ भन्ने अपेक्षा लिएर पदबाट राजीनामा दिएको हो। लिगमा विवाद आएपछि मैले आफैं बुझेर पदबाट राजीनामा दिएँ र यदि मैले पद छाड्दा नेपाली क्रिकेट राम्रो हुन्छ भने म अरु २० चोटी पद त्याग्न तयार छु।

क्यान विवादमै छ, क्यानको समस्या समाधान गर्न कसरी सकिन्छ ?

क्यान सधैं, राम्रो छ। नराम्रो कहिल्यै छैन। आइसीसीको नजरमा क्यान राम्रो छ। आइसीसीले क्यानलाई विश्वकप पनि दिएको छ। आइसीसीले क्यानमा प्रिमियर कप पनि दिँदैछ। भने, क्यान कतै पनि नराम्रो स्थितिमा छैन। आर्थिक स्थितिमा पनि क्यान राम्रो छ। लिगमा केही घटनाले गर्दा क्यानको बदनाम भयो। अब सरकारी निकायले क्यानलाई अझ बढी सहयोग गर्नुपर्छ र क्यान आफ्नाे ठाउँमा एकदम बलियो छ।

प्रकाशित मिति: : 2023-02-01 15:25:00

प्रतिकृया दिनुहोस्